प्रदेश १ मा दुर्घटना न्यूनीकरण महाअभियान सुरु
भद्रपुर, झापा : सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम फागुन ३० गते बिहीबार झापाबाट सुरु हुने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार कार्यक्रममा ३५ लाख भन्दा बढीका ट्राफिक सामाग्री हस्तान्तरण गरिँदैछ । ती सामग्रीमा १० थान मोटरसाईकल, १० थान ब्रेथ लाईजर, १० थान विल लक र ७ सय थान चालकलाई पोशाक छन् ।
प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालय सहित सेमिनार हल पनि निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए । यसै बिच सडक दुर्घटना न्यूनिकरणको १५ दिने अभियानको शुभारम्भ पनि सोही कार्यक्रम बाट हुने भएको छ ।
उक्त महाअभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए । उनका अनुसार न्यूनीकरण अभियान झापामा बिहीबार भए पनि अन्य जिल्लामा चैत १ गतेदेखि सुरु हुनेछ । महाअभियानको समापन भने धरानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
३