निर्मला हत्या प्रकरण : प्रहरीविरुद्ध थुनछेक बहस

निर्मला हत्या प्रकरण : प्रहरीविरुद्ध थुनछेक बहस

महेन्द्रनगर : निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा ८ प्रहरी कर्मचारीविरुद्ध दायर मुद्दाको थुनछेक बहस सुरु भएको छ। गत बुधबार जिल्ला अदालतमा दायर गरिएको मुद्दामा अदालतमा प्रतिवादीहरुको बयान लिने क्रम सकिएपछि थुनछेक बहस सुरु भएको हो।

अदालतमा उपस्थित भएका ६ जनाको मात्रै बयान लिइएको हो। २ जना उपस्थित नभएकाले उनीहरुको भने बयान बाँकी छ। दुईवटै मुद्दाका सम्बन्धमा दुवै पक्षका अधिवक्ताहरुले बहस गरिरहेका छन्। ‘अहिले थुनछेक बहस चलिरहेको छ’, अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। ‘थुनछेक बहस सकिएपछि इजलासबाट आदेश हुनेछ’, उनले भने।

मंगलबार दुवै पक्षका तर्फबाट अभिवक्ताहरुले आ–आफ्नो दाबी पेस गर्दै बहस गरेका छन्। बिहीबार जाहेरीकर्ता (वादी) का तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवराज भारती, सहन्यायाधिवक्ता मोहनीप्रसाद जोशीसहित वरिष्ठ अधिवक्ता वसन्त गौतम, अधिवक्ताहरू बद्रीप्रसाद भुसाल, इन्द्र अर्याल र पुष्प पौडेलले बहस गरेका छन्।

उनीहरुले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने र अभियुक्त बनाइएका व्यक्तिलाई कसुर स्वीकार्न यातना दिने काम भएको दाबी गर्दै थुन्नुपर्ने भन्दै बहस गरे। प्रतिवादीका तर्फबाट बहस गर्ने अधिवक्ताले प्रमाण नष्ट गरेको तथा यातना दिएको विषयमा दायर मुद्दाका सन्दर्भमा मूल मुद्दा इजलासमा पेस नभएकाले अहिले नै थुन्न नमिल्ने भन्दै दाबी पेस गरेका थिए।

प्रतिवादीका तर्फबाट मंगलबार भने इन्द्रप्रसाद लेखकले मात्रै बहस गरेका छन्। बुधबार फेरि बहस हुनेछ। प्रतिवादीकै तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता राजेन्द्र साउद र पदमराज शर्माले बहस गर्नेछन्। गत बिहीबारको प्रारम्भिक सुनुवाइपछि इजलासले गरेको आदेशअनुसार एमिकस क्युरी माग गरेबमोजिम उच्च बार र जिल्ला बारका तर्फबाट उपस्थित अधिवक्ताले समेत राय प्रस्तुत गर्नेछन्।

उच्च बारबाट वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्ट र जिल्ला बारका तर्फबाट अधिवक्ता हरेन्द्र विष्टले राय पेस गर्नेछन्। दुवै पक्षका अधिवक्ताहरुको बहस र एमिकस क्युरी माग गरेअनुरुप उच्च बार र जिल्ला बारका अधिवक्ताहरुको समेत रायपछि इजलासले आदेश गर्ने अदालतले जनाएको छ।

गत पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीपछि प्रहरीले अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा पेस गरेपछि गत बुधबार सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेस गरेको थियो।

प्रहरी हिरासतमा रहेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरु हरिसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद मात्रै अदालतमा उपस्थित भएका हुन्।

तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई फरार प्रतिवादी भनिएको छ। उनीहरुलाई ३५ दिनभित्र उपस्थित हुन अदालतले सूचना जारी गरिसकेको छ।

तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले बर्खास्त गरिसकेको छ। बाँकी ४ जना निलम्बनमा छन्। तत्कालीन डीएसपी सेठी र प्रहरी निरीक्षक खड्काले अनिवार्य अवकाश लिइसकेको प्रहरी स्रोतले जनायो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.