चर्चित बलिउड कलाकार गुल्शन ग्रोवर पाटनमा रमाउँदै (फोटोफिचर)
काठमाडौं : बलिउडका चर्चित कलाकार गुल्शन ग्रोवर बुधबार पाटन दरवार स्क्वायरमा देखा परेका छन् । नेपाली चलचित्र 'द म्यान अफ काठमाडौँ'को प्रिमियर गर्न नेपाल आएका उनको लागि आज पाटन दरवार स्क्वायरमा विशेष कार्यक्रम राखिएको थियो ।
उनी चैत १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा 'द म्यान अफ काठमाडौँ' को प्रमोसनका लागि नेपाल आएका हुन् । चलचित्रको प्रिमियर कार्यक्रम बिहीबार बेलुका राखिएको छ । शुक्रबार उनको भारत फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया दिनुहोस !