पोखरामा बन्द विरुद्ध प्रदर्शनी
पोखरा : पोखरामा युवाहरुले बन्द विरुद्ध प्रदर्शनी गरेका छन्। विवेकशील साझा पाटीमा आवद्ध युवाहरुले पोखराको पृथ्वीचोकमा 'बन्दले देश बन्दैन', 'बन्दको विकल्प खोजौँ', 'नेपाल खुला छ' लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हुन्।
देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए। पाटीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न र सरकारले सबैको माग वार्ता र सम्वाद मार्फन निकास निकाल्नु पर्ने उनले बताए।
बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।
पोखरामा शंकास्पद वस्तु डिस्पोज
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा बिहीबार बिहानै पोखराको सभागृह चोक र भण्डाढीकमा राखिएको शंकास्पद वस्तु नेपाल आर्मीले डिस्पोजल गरेको छ।
पोखराको सभागृह चोकमा ट्राफिक आइल्यड नजिकै शंकास्पद वस्तु राखिएको थियो।
सभागृह चोकमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्दा माटो मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता रविन्द्र गुरुङले जानकारी दिए।
भण्डाढीकमा राखिएको शंकास्पद वस्तु पनि त्यस्तै प्रकृतिको भेटिएको उनले सुनाए। बन्दको असर पोखरामा पनि देखिएको छ। सवारी साधन फाट्टफुट्ट चलेका छन् भने पोखराका मुख्य बजारहरु बन्द रहेका छन्। कास्कीका विद्यालय बन्द छन् भने परिक्षासमेत रोकिएको छ।