विद्यालयलाई छ लाखको जग्गा दान, भवनमा विद्यार्थी पढेको हेर्ने रहर
जुम्ला : जिल्लाको तिला गाउँपालिका-३ थापागाउँका ६० वर्षीय वृद्ध जोखे थापाले विद्यालयलाई जग्गा दान गरेका छन्। गाउँमा रहेको पञ्चेश्वर महादेव आधारभुत विद्यालयको भवन निमार्णका लागि उनले ३ सय ४५ वर्गमिटर जग्गा दान गरेका हुन्।
उक्त जग्गा करिब ६ लाख बराबर मुल्यको हो। विद्यालयसँग जग्गा नहुँदा भवन निर्माणमा समस्या देखिएको थियो।भवन नहुँदा विद्यार्थी साँघुरो भवन तथा खुला चौरमै पढ्न बाध्य थिए।त्यसले विद्यार्थीको पढाइ समेत असर गरेको थियो।
स्कुलको भवन निमार्णका लागि राजिखुसीले जग्गा दान गरेको वृद्ध जोखे थापाले बताए।'मैले दान गरेको जग्गामा बनेको भवनमा विद्यार्थीले पढेको हेर्ने रहर छ, सोही अनुसार वडापालिकाले पनि भवन निर्माणमा जोड देओेस्, बुढेसकालमा मरेर लानु केनै छ र, आफ्नो नाममा अरुको भलाई हुने काम गरौं।'
यसअघि गाउँपालिकाले भवन निमार्णका लागि बजेट व्यवस्थापन गरेपनि जग्गा पाउन सकेको थिएन।
प्रतिक्रिया दिनुहोस !