आन्दोलनमै सकियो केन्द्र विवादको एक वर्ष

आन्दोलनमै सकियो केन्द्र विवादको एक वर्ष

डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवाद एक वर्ष आन्दोलनमै सकिएको छ।नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेपछि एक वर्षदेखि दुनै केन्द्रका नागरिक आन्दोलन गरिरहेका छन्। 

०७४ साल फागुन १६ गते सरकारले स्थानीय तहका केन्द्र हेरफेरको क्रममा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको राजपत्रमा प्रकाशित भएदेखि हालसम्म पनि केन्द्र विवादको आन्दोलन रोकिएको छैन। 

नगरप्रमुख गणेशबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सुनारले जाल साजि गरेर नगर सभामा छलफल नै नगरी केन्द्र जुफाल सारेको वडा ४ का अध्यक्ष जिवराम बुढाले आरोप लगाए। 

केन्द्र विवादको मुद्धा सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको छ। सरकारले केन्द्र विवादको टुङ्गो छिटो लगाएर विकासका काममा गति दिने अवस्था बनाइदिन र नागरिकप्रति हुन गएको सेवा प्रवाहको क्षतिको माफी वडा ३ का अध्यक्ष अर्णबहादुर न्यौपानेले लिनेपर्ने बताए।

गाउँगाउँबाट सयौंको संख्यामा दुनै केन्द्र चाहियो भन्दै सड्कमा उत्रिएका छन्। केन्द्र सरेको एक वर्ष विति सक्दा पनि फैसला नहुनुले नागरिक चिन्तित भएका छन्। नगरप्रमुख र उपप्रमुख बीच पानी बराबरको अवस्था एक वर्षदेखि चलिरहेको छ।

सर्वोच्चमा बिचाराधिनमा रहेको मुद्धा हालसम्म १० पटक सरिसकेको र अब बैशाखमा थोरै भएपनि टुङ्गो लाग्ने आशा गरेको संघर्ष समितिका अध्यक्ष बबिकिशोर गुरुङले जानकारी दिए। 

केन्द्र विवादको कारण ठुलीभेरी नगरपालिकाका १,२,३,४,६,१० र ११ वडामा कुनै पनि विकासका काम हुन सकेका छैनन् । भौतिक संरचना दुनैमा प्रशस्त भएको र लकाइ छिपाइ माईनुटमा केन्द्र सार्ने निर्णय गरेको आफ्ना लागि मान्य नहुने र कारवाहीको भागिदार हुनेपर्ने ६ का अध्यक्ष धर्मलाल बुढाले ठोकुवा गरे। 

कम्युनिस्टको सरकार भएको र जिल्लाबाट २ मन्त्री हुँदासम्म केन्द्र विवाद नसुल्झिनु दु:खदायी भएको चमक डोल्पालीले पीडा पोखे। केन्द्र विवादको कारण नागरिकले विकास तथा स्थानीय सरकारबाट पाउने सेवाहरु सबै ठप्प रहेकाले केन्द्र विवाद छिटो भन्दा छिटो निर्णय गर्न नागरिकले दवाव दिइरहेका छन्। 

उता नगरप्रमुख गणेशबहादुर शाहीले भने नियमानुसार केन्द्र सारिएको र जनतालाई जनप्रतिनिधिले नै झुक्याएको बताउँछन्। शाही भन्छन्,' शक्ति केन्द्रीकृत गर्न खोजे केन्द्र जुफालमा राखिनु सबैको हितअनुरुप गरिएको दावी गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.