पूर्वराजा ज्ञानेन्द्रका खुट्टा ढोग्छन् समर्थक ! (भिडियो)
जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति, प्रगति र एकता आवश्यक रहेको बताएका छन्। शुक्रबार जानकी मन्दिर दर्शन गरेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘देशमा सुख शान्ति र प्रगतिहोस्,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘प्रगतिका लागि शान्ति आवश्यक छ।’
वर्तमान नेतृत्वसँग आम जनता असन्तुष्ट रहेको उनको भनाइ छ। ‘तपाई हेर्नुहोस् जनताको मनोबल र परिस्थि,’ उनले भने’, ‘वर्तमान नेतृत्वसँग जनता सन्तुष्ट छैनन्।’
जानकी मन्दिर दर्शन गर्न पुगेका उनलाई समर्थनकको भिड पार गर्न २० मिनेट लागेको थियो।
‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’ भन्दै उनका समर्थकले चर्को नाराबाजी गरेका थिए।
ज्ञानेन्द्रलाई हातमा फूलमाला र पुष्पगुच्छा अर्पण गरेका कतिपय समर्थक महिला र पुरुषले भने उनका खुट्टासमेत ढोगेका थिए।
१० मिनेट पूजापाठ गरेका ज्ञानेन्द्रलाई मन्दिर परिवारले रेड कार्पेट ओछ्याएर स्वागत गरेको थियो। जनकी मन्दिरका महन्थ रामतपेश्वर दास, सह—महन्थ रामरोशन दास वैष्णबले पूर्वराजा शाहलाई पूजापाठमा सहयोग गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !