जावलाखेलमा ज्येष्ठ नागरिक मिलन केन्द्र

जावलाखेलमा ज्येष्ठ नागरिक मिलन केन्द्र

ललितपुर : ललितपुरस्थित एक युवा क्लवले ‘जेष्ठ नागरिक मिलन केन्द्र’को सुरुवात गरेको छ । जावलाखेलको सरस्वती युवा क्लबले वडा नम्बर ३ सँगको सहकार्यमा मिलन केन्द्रको सुरुवात गरेको हो ।

जावलाखेलमै रहेको सरस्वती मन्दिरसँगै खुलेको उक्त ज्येष्ठ नागरिक मिलनकेन्द्रमा ईच्छुक सबै वृद्धवृद्धाहरु आउनसक्ने संयोजक तुलसी प्रसाद न्योैपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार पहिलादेखि नै रहेको क्लवको जग्गामा वृद्धवृद्धाका लागि समय बिताउने ठाउँ बनाइएको हो । मिलनकेन्द्रमा आएर वृद्धवृद्धाहरु सुखदुखका कुरा साटासाट गर्न र टहलिन सक्छन् ।

 
यहाँ ठूलो बगैंचा पनि छ । पीपल र रुद्राक्ष्यका छहारीमा बसेर वृद्धवृद्धाहरु गफगाफ गर्न सक्छन् । उनीहरुका लागि चियाको व्यवस्था पनि गरिने न्यौपानेले बताए । साथै पत्रपत्रिका र टेलिभिजन पनि यहाँ उपलब्ध हुने बताइएको छ । टेलिभिजनमा बृद्धबृद्धाहरु चाहेको कार्यक्रम हेर्न सक्छन् ।

यस्तै भित्र खेल्ने (इनडोर) खेल पनि खेल्नसक्ने छन् । न्यौपानेले भने, ‘उनीहरुको सम्पूर्ण व्यवस्थापनका लागि एउटा परिवार नै खटिएको छ ।’ ज्येष्ठ नागरिक मिलनकेन्द्रका समितिमा रहेका तिलक बहादुर थापाका अनुसार वृद्धवृद्धाका व्यक्तिगत तथ्यांक संकलन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने पनि योजना छ ।

यसका लागि वडा कार्यालयले एक लाख रुपैयाँ बजेट छुटयाएको छ भने अन्य क्लव, अथवा व्यक्तिगत रुपमा पनि सहयोग मिलेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.