मंगलबजार-लगनखेल सडक वान-वे बनाइँदै
ललितपुर : ललितपुर महानगरपालिकाले पाटनको मंगलबजारदेखि लगनखेल जोड्ने सडक एकतर्फी(वान-वे) बनाउने निर्णय गरेको छ । सोमबार ट्राफिकप्रहरीका अधिकारीसहित बसेको बैठकले यस्तो निर्णय गरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताए।
यो क्षेत्र पर्यटकीयस्थल हुनुकासाथै र मानिसहरूको आउजाउ धेरै हुने भएकाले सडक एकतर्फी बनाउनु परेको मेयर महर्जनले स्पष्ट पारे । यस क्षेत्रका सडक किनारमा पसल राखी अवरोध गर्ने गरेकाले ती पसल हराउट पनि कदम चाल्ने महानगरले निर्णय गरेको छ । 'अबको तीन दिनसम्ममा व्यापारीलाई जानकारी गराइसक्छौं' महर्जनले भने ' त्यसपछि वान वे पनि लागुहुन्छ।'
प्रतिक्रिया दिनुहोस !