पोखरा : होलीमा झुमे पर्यटक (फोटो फिचर)

पोखरा : होलीमा झुमे पर्यटक (फोटो फिचर)

पोखरा : पोखराको लेकसाइडमा बुधबार पर्यटकले रङको पर्व होलीमा रमाएका छन्।  होलीमा विभिन्न रङले रंगिएर आन्तरिक तथा वाह्यि पर्यटक रमाएका हुन्। होलीको अवसरमा पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा सवारी साधन जान रोक लगाएर होली मनाएका हुन्। 

 
पर्यटकलाई नेपाली सांस्कृति फागु पर्वको महत्वको बारेमा व्यवसायीले जानकारी गराएका थिए।  रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले होलीको अवसरमा लेकसाइडमा होली उत्सवको  आयोजना गरेको  हो । लेकसाइडको विभिन्न स्थानमा लाइभसन्सर्ट समेत भएको छ। 
नाचगान र विभिन्न रंग एक आपसमा लगाएर पञ्चेबाजा बजाएर पर्यटन व्यवसायी, पर्यटक र स्थानीयले होली मनाएका हुन। 

नेपाली मौलिक पर्वमा  विदेशी पर्यटक निकै रमाएका थिए। होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले नेपालमा आएर नौलो अनुभव लिएको सुनाए। 

शान्त सुन्दर पोखरामा नेपाली संस्कृतिमा रमाउन पाउँदै निकै खुशीलागेको होल्याण्डका पर्यटक सेबास्टेनले बताए। नेपाली संस्कृतिको माध्यमबाट पर्यटक आकर्षण गर्न पोखराका पर्यटन व्यवसायीले विभिन्न चाड पर्व पर्यटक संग आपसी सद्भाव, भाइचारा बढाउन मनाउँदै आएका छन्। 
तिहारमा भाइटीका, असार १५ मा असारे महोत्सव गर्दै आएका पोखराका पर्यटन व्यवसायीले फागु पूर्णिमामा होली पर्वका रुपमा पर्यटकमाझ एक आपसमा अबिर दलेर बाजागाजाका साथ फेवाताल किनारमा रमाएका हुन्। 

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा विगत १३ वर्ष देखि नेपाली संस्कृतिको माध्यमबाट पर्यटकको बसाई बढाउन र पर्यटन प्रवद्धन गर्ने उद्देश्यले फागु पूर्णिमा (होली पर्व) मनाइदै आएको रेवान पोखराका प्रथम उपाध्यक्ष तथा १४ औं होली पर्वका संयोजक लक्ष्मण बरालले बताए। 

फागु पूर्णिमालाई वसन्त ऋतुको आगमनको खुसीको रुपमा मनाउने गरिएको पनि पाइन्छ। गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्षको रुपमा मनाइरहेको अवसरमा आन्तरिक पर्यटकलाई समेत लक्षित गरि यस वर्ष होली पर्व मनाइएको हो।  तस्बिर : कृष्णमणि बराल

 


 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.