सिन्धुलीमा एसईईको तयारी पूरा, ५ हजार ६ सय २० परीक्षार्थी सहभागी हुँदै

सिन्धुलीमा एसईईको तयारी पूरा, ५ हजार ६ सय २० परीक्षार्थी सहभागी हुँदै

सिन्धुली : चैत्र १० गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीले जनाएको छ। कार्यालयका अनुसार यस वर्षको एसईईमा सिन्धुलीबाट साढे ५ हजार भन्दाबढी विद्यार्थी सामेल हुने भएका छन्। जिल्लाका १ सय ३४ बाट माध्यमिक विद्यालयका नियमित, ग्रेडवृद्धि तथा प्राविधिकधारका गरी कुल ५ हजार ६ सय २० जना विद्यार्थी एसईईमा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले बताए।

जसमध्ये नियमिततर्फ ५ हजार ४ सय ८४ जना, ग्रेड वृद्धितर्फ १ सय ३६ जना, प्राविधिक धारअन्तर्गत इन्जिनियरीङतर्फ ६८ जना र कृषि बालि विज्ञानतर्फ १ सय १३ गरी १८१ परीक्षार्थी परीक्षामा सामेल हुने गजुरेलले जानकारी दिए।

गजुरेलका अनुसार एकजना परीक्षार्थी भने कारागारबाट एसईई परीक्षामा सहभागि हुने भएका छन्। 'कमलामाई नगरपालिका ११ स्थित कुशेश्वर माध्यमिक विद्यालय बेसारेवेशीका भरतबहादुर आलेले जिल्ला कारागार सिन्धुलीबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ,' उनले थपे।  

आलेलाई जिल्ला अदालत सिन्धुलीले बलात्कारको घटनामा दोषी ठहर गरी ३ वर्ष सजाय तोकेकाले उनलाई कारागारबाटै परीक्षा दिने व्यवस्था मिलाइको हो। यस वर्ष जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ। प्राविधिकधारतर्फ एउटा मात्रै माध्यमिक विद्यालय पानीट्याँकीमा परीक्षा केन्द्र तोकिएको छ। 

परीक्षा केन्द्र अध्यक्षको छनोट गरी सकिएकाले शुक्रबार केन्द्रध्याक्षलाई अभिमुखीकरण गराई परीक्षा केन्द्रमा खटाइँदैछ। परीक्षाको उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको र शनिबारबाट सबै परीक्षा केन्द्रमा प्रश्नपत्र पनि पठाउने काम सुरु गरिने गजुरेलले बताए।

यस पटकको परीक्षामा सम्बन्धित परीक्षा केन्द्रका विद्यालयका प्रध्यानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको पनि शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीले जनाएको छ। गत वर्ष सिन्धुली जिल्लाबाट ५ हजार ८ सय ९६ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएका थिए। यस वर्षको एसईई परीक्षा आगामी चैत्र २१ ग्ते बिहीबार सम्पन्न हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.