म समलिंगी होइन

म समलिंगी होइन

काठमाडौंमा मैले देखेका धेरैजसो स्कुलमा छात्राहरूले अनिवार्य रूपमा कपालमा मज्जाले तेल लगाई बीचमा सिउँदो काटेर दुई चुल्ठी बाटेर प्रत्येक चुल्ठीमा रिबन गाँस्नुपर्ने नियम छ। घरका दुई छोरीका कपाल बाट्न कति समय लाग्छ आमाले पहिल्यै अनुमान गरिसक्नु भएको थियो। अनि, सजिलो उपाय निकाल्नु भयो— सानै उमेरदेखि कपालको लम्बाइ दुई इन्चभन्दा धेरै भयो कि काटिदिनु हुन्थ्यो। त्यसैले उहा“ हाम्री आमा मात्र नभएर हजाम पनि हुनुहुन्थ्यो।

आमालाई त सजिलो भयो। कोरीबाटी गरिदिने झन्झटबाट मुक्त हुनुभएको थियो। तर, बहिनी र मलाई भने त्यसले धेरै हदसम्म पिरोलेको थियो। बहिनीले भने बिस्तारै आफैं कपाल बाट्न सिक्दै गइन्। त्यसैले उसले कपाल पाल्छु भन्दा आमाले खुसीखुसी स्वीकार्नु भयो। मलाई भने छोटै कपाल बानी परिसकेको थियो।

स्कुलमा साथीहरू मलाई जिस्क्याउँथे। ‘फ्रक लगाउने केटा’ जस्ता ट्याग मलाई भिराइन्थ्यो। शौचालय गइरहेका बेला एक दिन एक सहपाठीले मलाई ‘तिमी त जेन्ट्स टोइलेट जानुपर्ने’ भने। बहिनीलाई सह्य भएन। आ“खामुनि नीलडाम बस्ने गरी कुटिदिइन्। प्रधानाध्यापकले बोलाएर उनलाई गाली गरे। तर, त्यस घटनाले केही राम्रो पनि गर्यो। त्यसपछि मैले स्कुलका अन्य कसैको मुखबाट त्यस्ता प्रतिक्रिया सुन्न परेन।

स्कुले साथीहरूलाई त बलपूर्वक भए पनि म महिला भएको स्वीकार्न करै लाग्यो। तर, टोलछिमेकले मलाई जिस्क्याउन छाडेको थिएन। घरनजिकै एक बहिनी थिइन्। उनका धेरै गुडिया थिए। भा“डाकुटी पनि अनेक थरी थिए। बहिनी र मलाई खेल्न बोलाइरहन्थिन्। बहिनी जान्थिन्। मलाई भने भाँडाकुटीले कहिल्यै तानेन। म उनका दाइसँग साइकल रेस लगाउँथे“— ट्याङ्लाफाँट चोकदेखि त्रिभुवन विश्वविद्यालयको घडी भएको बिल्डिङसम्म को पहिला पुग्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो। कहिले मेरा घुँडा फुट्थे त कहिले उनका कुइना। घर फर्कँदा घाउचोट नलागेका दिन बिरलै हुन्थे। तर, पनि मेरो ध्यान साइकलबाट गुडिया र भा“डाकुटीतर्पm कहिल्यै मोडिएन।

एक दिन हाम्रा अभिभावकबीच भएको कुराकानीमा उनीहरूकी आमाले मेरी आमालाई भनेको अझैँ सम्झना छ, “तपाई“की ठूली छोरीलाई गुडिया खेल्न सिकाउनुस् न। छोरी मान्छे भएपछि छोराको व्यहोरा गरेर हुँदैन के।” आमाले त्यहाँ त्यति बेला केही प्रतिक्रिया जनाउनु भएन, हा“सेर टारिदिनु भयो। तर, मलाई भने ती वाक्यले पिरोलिरहे।

“आमा, केटी मान्छे कस्तो हुनुपर्छ ? ” त्यो घटनाले सताउन थालेको धेरै दिनपछि मैले एक दिन आमालाई प्रश्न गरेँ। केटी मान्छेले गर्न हुने र नहुने कामका बीच समाजले कहाँनेर रेखा कोरिदिएको छ, म मेलोमेसो नै पाउँदैनथे“। यी सब कुरा बुझ्ने उमेर भइसकेको पनि थिएन। तर, कसैले मेरो लैंगिकताबारे प्रश्न गर्दा भने मलाई चित्त दुख्थ्यो।

आमाले दिने जवाफ धेरैजसो एकैनासे हुन्थ्यो। “साइकल चढ्नु केटा हुनु होइन र गुडिया खेल्नु केटी हुनु होइन। साइकल चढ्ने केटी पनि हुन्छन् र गुडिया खेल्ने केटा पनि हुन्छन्।” यी वाक्यले मलाई केही हदसम्म भए पनि राहत दिन्थे।

कक्षा सातमा पढ्दा स्कुलमा नयाँ खेलकुद प्रशिक्षक आए। कक्षाका धेरैजसो केटी स्किपिङ र ब्याडमिन्टन खेल्थे भने फुटबल र बास्केटबल केटाहरूका रोजाइमा पर्थे। मेरो रुचि पनि बास्केटबलमा नै थियो। टोली बनाउन केटीहरूको संख्या पुग्दैनथ्यो। त्यसैले केटाहरूकै टोलीमा सामेल हुन्थे“।

“नानी, तिमी त कस्ती टमब्वाइजस्ती”, ती नयाँ प्रशिक्षकले भने। मलाई त्यस शब्दको अर्थ थाहा थिएन। तर, ‘टम’का पछाडि ‘ब्वाइ’ भएकाले ‘केटा’जस्तै केही अर्थ हुनुपर्छ भन्ने अड्कल भने काटेँ। मेरो लैंगिक अभिविन्यास के हो भनी आफूले सोच्नै नसक्ने उमेरमा संसारले भने लैंगिकताका अनेकौँ घेराभित्र मलाई राखिदिने काम गरिरहेको थियो, जसका मापदण्ड बुझ्ने क्षमता ममा विकास भइसकेको थिएन।

“आमा, अब त म ठूली भएँ। आफैं दुई चुल्ठी बाट्न सक्छु”, कक्षा आठमा पढ्दा मैले आमालाई भने“। तर, आउन भने आउँदैनथ्यो। कपाल बढ्दै जाँदा सिक्दै जान्छु भन्ने सोचेँ। आफैँ कोरीबाटी गर्न सके कपाल पाल्न दिन आमालाई केही समस्या थिएन।

बिस्तारै कपाल बढ्दै गयो। म साथीभाइमाझ केटीका रूपमा प्रतिस्थापित हुन थालेँ। तर, केटी भनेर चिनिने अर्को मानकतर्फ भने मैले ध्यान दिएको रहेनछु। मेरा कान छेडिएका थिएनन्। छेड्दा दुख्छ भन्ने अनुमान पहिले नै थियो। त्यसमाथि अरूले लगाउने गह्रौं इयररिङहरूले मेरो सातो लान्थे। तर, मलाई ‘केटी’ बन्नु थियो। समाजले परिभाषित गर्ने ‘केटी’ शब्दमा आफू पनि अटाउनु थियो।

मेरा कानलाई सायद गहना फापेन। कान छेडेका ठाउ“मा घाउ भइरहन्थ्यो। तर, केटी हुन पाएकामा म दंग थिएँ। त्यस्ता घाउले दिएको दुःख त्यसैले सजिलै सहिदिन्थेँ। मेरो लैंगिकतामाथि प्रश्न उठ्न क्रम बिस्तारै कम हुँदै गयो। मलाई पहिलेदेखि नै चिन्ने केहीले बेलाबखत जिस्क्याउँथे। तर, मलाई ती सब सुन्ने बानी परिसकेको थियो।

मानक ‘केटी’ भित्र पर्न जति प्रयत्न गरे पनि केही न केही त छुटिरहेकै हुन्थे। आइलाइनर लगाउन कोसिस गर्थेँ तर एक आँखामा पातलो र अर्कामा बाक्लो धर्सा बन्थे। हिँड्ने तरिका केटाको जस्तो छ, अन्य बानी पनि केटाकै जस्ता छन् भनेर खिसिटिउरी गर्ने थुप्रै साथी थिए। ध्यानपूर्वक हि“ड्न सुरु गरेँ। मेरो चालका कारण म पुनः ‘केटी’को परिधिबाहिर नपरू“ भन्ने प्रयत्न हुन्थ्यो। केही काममा सफल हुन्थे“ भने केहीमा नमज्जाले चिप्लिन्थेँ।

केही महिनाअघि एक आफन्तका बिहेमा वर्षौ“पछि भेट भएकी एक आन्टीले आमालाई भनिन्, “तपाई“की छोरीको चालामाला हेर्दा त बुहारी भित्र्याउ“छिन् जस्तै छ।”

केही वर्ष आफ्नो छालामा भन्दा पनि अरूले तोकिदिएको दायरामा बिताएँ । पढाइ सकेर एक राष्ट्रिय साप्ताहिकमा पत्रकारिता सुरु गरेँ। आइतबार बिहान आफूले त्यस हप्ता रिपोर्टिङ गर्ने विषयबारे सम्पादकसँग बसेर छलफल गर्नुपथ्र्यो। सबैको पालो सकिइसकेपछि अन्तिममा सम्पादकले मतिर इशारा गर्दै सोधे, “तिमी के स्टोरी गर्छौ त ? ”

पहिले कहिल्यै रिपोर्टिङ गरेको थिइनँ। कस्ता विषयमा स्टोरी गर्न मिल्छ भन्ने पनि थाहा थिएन। केही दिनअघि मात्र चर्चित ब्लगर लेक्स लिम्बूले आफू समलिंगी भएको खुलासा गरे भन्ने समाचार सामाजिक सञ्जालमा देखेको थिए“। “दाइ, समलिंगी पुरुषलाई समाजले कसरी हेर्छ र यसलाई उनीहरूले कसरी लिन्छन् भन्ने विषयमा स्टोरी गरौँ ? ”

सम्पादकले स्वीकृति दिए। मैले राम्रो स्टोरी त गरिनँ, तर कोसिस भने गरेँ । त्यसको एक हप्तामा पत्रिका आएपछि सबैभन्दा पहिले आफ्नै स्टोरी हेरेँ। ‘समलिंगी संसार’ शीर्षक देखिने गरी पत्रिका समातेको फोटो साथीलाई खिच्न लगाएँ। इन्स्टाग्राममा राख्न मन थियो। राखेँ पनि। पत्रकारिता गर्न थालेकामा केहीले कमेन्टमार्फत बधाई तथा शुभकामना दिए। मेरा खुट्टा भुइँमा थिएनन्।

स्कुलमा सँगै पढेको साथीले बेलुकीपख एक मेसेज पठाए। “हामी तिमीलाई स्कुलमा केटा भनेर जिस्क्याउँथ्यौ“, तिम्रो अहिलेको पोस्ट देखेपछि पो थाहा भयो— तिमी त अर्कै रहेछौ।” पत्रकारिता गर्न सुरु गरेको र त्यो आफ्नो पहिलो स्टोरी रहेको कुरा उनलाई सुनाए“। “म समलिंगी त होइन तर भएको भए पनि आफूमाथि गर्व नै गर्थेँ।” उनले यो कुरा कसरी लिए, मलाई थाहा छैन।

रिपोर्टिङ गर्नका लागि यताउता कुदिरहनु पर्ने रहेछ। अझ मैले त काम सुरु गरेको धेरै नभएकाले थप मेहनत गर्नुपर्ने हुन्थ्यो। बाहिर जानुभन्दा अगाडि तयार हुने समय छोट्याउनका लागि मैले कपाल नै छोट्याइदिएँ। यसको परिणामबारे भने अनभिज्ञ थिएँ।

कपाल ठुटो पारिसकेपछि इन्स्टाग्राममा पोस्ट गरेको एक फोटोमा अधिकांशले आपत्ति जनाएनन्। केही दिनपछि एक व्यक्तिको मेसेज आयो, “म तपाई“लाई निकै मन पराउ“थे“ तर तपाई“ त लेस्बियन पो हुनुहुँदो रहेछ।” स्कुल पढ्दा म धेरैका आँखामा ‘केटा’ थिएँ, अहिले आएर ‘लेस्बियन’ भएँ। त्यो मेसेज स्क्रिनसट गरेर इन्स्टाग्राममै स्टोरी राखे“। एकजना साथीको मेसेज आयो, “ल अब बोइफ्रेन्ड बनाइहाल। यस्ता मान्छेको मुख आफैँ बन्द हुन्छ।”

केही समयअघिसम्म मानिसहरू मेरो लैंगिकताको पहिचान मेरो कपाल हेरेर गर्थे भने अहिले मेरो जीवनमा अर्को व्यक्तिको उपस्थिति मेरो लैंगिकता निर्धारण गर्ने मापदण्ड बनेको छ। व्यक्तिविशेषको एकल उपस्थिति उसको पहिचानमाथि नै प्रश्न खडा गर्ने आधार बन्न सक्छ भन्ने कुराको उदाहरण म स्वयं हुँ।

कार्यक्षेत्रमा अरूले मेरो लैंगिक अभिविन्यासबारे नसोधेका पनि होइनन्। एकजना मिल्ने साथीस“ग त भनाभन नै पर्यो‍। उनले मुखै फोरेर भनिन्, “तिमी लेस्बियन हो है ? सबैजना त्यही भन्छन्।”

मैले उल्टै प्रश्न गरेँ, “तिमी होमोफोबिक त होइन ? ”समाजका लैंगिक अल्पसंख्यकप्रति राखिने नकारात्मक दृष्टिकोण र त्यसपछि उत्पन्न हुने भयलाई होमोफोबिया भनिन्छ। यस्ता व्यक्तिका हकहितका लागि काम गर्दै आएको नीलहीरा समाजमा मैले चिनेका केही व्यक्ति कार्यरत छन्। तेस्रो लिंगी वा समलिंगी भएकै कारण समाजले उनीहरूलाई हेर्ने दृष्टिकोणबारे उनीहरू कुरा गर्छन्। म समलिंगी होइन, तर होमोफोबिया व्याप्त समाजको कुदृष्टिको सिकार भने पक्कै हुँ। म समलिंगी नै थिएँ भने पनि त्यो दुनियाँले मेरो लैंगिकता अड्कलबाजी गर्ने विषयभन्दा पनि मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो।

मेरो कार्यक्षेत्र मात्र होइन, मेरा आफन्तको ठूलो समूह पनि यस्ता सोचबाट मुक्त छैन। सायद हाम्रो समाज नै यस्तै छ। मेरा एक आफन्त समलिंगी पुरुष हुन्। तर, यही समाजको डरले उनी खुलेर बाहिर आउन सकिरहेका छैनन्। अरूलाई आफू समलिंगी नभएको प्रमाणित गर्नकै लागि भनेर गर्लफ्रेन्ड पनि बनाएका छन्। उनको आफ्नो खुसी त मरिरहेको छ नै, उनकी प्रेमिकाका आ“खामा पनि विगत केही वर्षदेखि छारो हालिइरहेको छ। यस तथ्यबाट उनी अनभिज्ञ छिन्।

केही महिनाअघि एक आफन्तका बिहेमा वर्षौँपछि भेट भएकी एक आन्टीले आमालाई भनिन्, “तपाई“की छोरीको चालामाला हेर्दा त बुहारी भित्र्याउँछिन् जस्तै छ।” वरपर भएका अरू महिलाले गललल हाँस्ने विषय पाए। मेरो अनुहार रातो भइसकेको थियो। के प्रतिक्रिया दिने भनेर अलमल्लमा परेको थिएँ।

यसैबीच प्रत्युत्तरमा आमाले भन्नुभयो, “भित्र्याए सहजै स्वीकार्छु।” यही कुराले मलाई शक्ति दिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.