शान्ता चौधरीले छोरीसँगै दिइन् एसइई परीक्षा

शान्ता चौधरीले छोरीसँगै दिइन् एसइई परीक्षा

दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका ६ स्थित मावि सेन्टर तुलसीपुरबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सहभागी भइन्।

आइतबारदेखि सुरु भएको परीक्षामा ३८ वर्षीया चौधरीले अरुजस्तै अङ्ग्रेजी विषयको परीक्षा दिइन्। पहिलो परीक्षा राम्रो भएको उनले प्रतिक्रिया दिइन्। ‘पहिलो दिन ढुक्क भएर परीक्षा दिएँ’, उनले भनिन्, ‘राम्रो भएको छ।‘

उनी दाङमा परीक्षा दिइरहँदा उनकी छोरी भने काठमाडौंमा इसईईको परीक्षा दिइरहेकी थिइन्। उनकी छोरी विनुले काठमाडौंस्थित बसुन्धराबाट परीक्षा दिइरहेकी छिन्।

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा भर्ना भएकी चौधरीको मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ। 

विसं २०७३ मा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएपछि उनको औपचारिक पढाइ शुरु भएको थियो। कक्षा ८ र ९ मा नियमित विद्यालय गएर पढेपनि कक्षा १० मा भने नियमित कक्षा जान पाइनन्। तर स्वअध्ययन गरेर परीक्षा दिएको उनले बताइन्।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भएपछि विभिन्न समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि आफूले पढ्न शुरु गरेको उनले प्रतिक्रिया दिइन्।

केही वर्ष स्वअध्ययन गरेपछि चौधरीले औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने इच्छा भएको बताइन्।

सचेतक भएपछि धेरै कार्यक्रममा सहभागी हुनुपर्ने भए पनि कक्षा १० को लागि पनि घरमा बसेर अध्ययन गरेको उनी बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.