मिसले पाइपले हिर्काउँदा घाइते

मिसले पाइपले हिर्काउँदा घाइते

तानसेन : मिसको कुटाइबाट घाइते ८ वर्षीय राजु बुढाथोकी अस्पताल भर्ना भएका छन्। गुल्मी रेसुंगा–९ मा बस्दै आएका उनी उपल्लो तम्घास माविमा यूकेजीमा अध्ययनरत छन्। उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते कुटपिट गरेकी हुन्।

कक्षामा प्रश्नको उत्तर दिन नसकेपछि मिसले पाइपले टाउकोमा हानेको राजुले बताए। उनलाई सुरुमा आईसीयूमा राखी उपचार गरिएको थियो। उनी पाँच दिनदेखि लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचाररत छन्। गुल्मी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि तानसेन ल्याइएको थियो।

उनकी आमा कविताका अनुसार विद्यालयबाट घर आउँदा छोराको टाउको सुन्निएको थियो। राजु आफूले बान्ता गरेको बताएका थिए। तत्काल प्रधानाध्यापक रामहरि पन्थीलाई घटनाबारे जानकारी गराएर घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा ल्याइएको कविताले सुनाइन्।

प्रधानाध्यापक पन्थीले घटना लुकाउन अभिभावकलाई दबाब दिएका थिए। छोरोको उपचार खर्चसमेत नदिने बताएको दुखेसो उनले पत्रकारसामु गरिन्। आइतबार सुरु वार्षिक परीक्षा दिन राजु वञ्चित भएका छन्। अरूको उक्साहटमा घटनालाई ठूलो बनाउन खोजिएको दाबी प्रधानाध्यापकले गरे। ‘बच्चा कुटाइबाट नभई म्यानेन्जाइटिसका कारण बिरामी भएको हो’, उनले भने, ‘अस्पतालको खर्च मिलाउने कुरा भएको छ।’ कविताले रकम माग नगरेको र बच्चाको वार्षिक परीक्षा पछि दिलाइने उनले बताए। पिटाइकै कारण बालक अस्पताल भर्ना भएको प्रमाणित भए शिक्षिकालाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाए।

कविताका श्रीमान् उमेशले आठ वर्षअघि छोरो नपाएको भन्दै दोस्रो विवाह गरेका छन्। छोरो जन्मिएपछि आफ्नो नभएको भन्दै श्रीमतीलाई घरनिकाला गरे। घरबारविहीन भएपछि उनले तम्घासमा मजदुरी गरेर छोरा पढाउँदै आएकी छन्।

संवेदनशील अंगमा कुट्दा समस्या देखिएको उपचारमा संलग्न डा. प्राप्ति श्रेष्ठले बताइन्। ‘अनुशासन कायम गर्ने बहानामा टाउकोमा कुट्नु राम्रो होइन’, उनले भनिन्। बालकमा म्यानेन्जाइटिस देखिएको उनले पुष्टि गरिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.