भृकुटीमण्डपमा पुस्तक मेला सुरु

भृकुटीमण्डपमा पुस्तक मेला सुरु

काठमाडौं : पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ पुस्तक मेला राजधानीमा सुरु भएको छ। राजधानीको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको सभाहलमा शुक्रबारदेखि पुस्तक मेला सुरु भएको हो। पठन संस्कृति विकास समाज नेपालको आयोजनामा भएको १० दिने पुस्तक मेलामा विभिन्न प्रकाशन समूहका १५ वटा स्टल राखिएका छन्।

चैत महिना स्कुल तहको सेसन सकिने समय हो। एउटा कक्षाबाट अर्को कक्षामा जाने बेला स्कुलहरू लामो समय बिदामा हुन्छन्। फुर्सदमा रहेका विद्यार्थी तथा शिक्षकशिक्षिकालाई पढाइमा सहयोग गर्न र बिदा सदुपयोग गर्न पुस्तक लाभदायक हुन्छन्। सबै विषय र क्षेत्रका पुस्तक एउटै मेलामा पाइने हुँदा पाठकलाई सहज हुने आयोजकको भनाइ छ ।

अहिलेका पाठकले प्रायजसो नयाँनयाँ नन्फिक्सन र बायोग्राफी बढी किन्ने गरेको समाजका सचिव देवेन्द्र नेपालीले जानकारी गराए। उनका अनुसार पुस्तक मेलामा विभिन्न स्टलमा हजारौं किताब समेटिएका छन्। किताबको गुणस्तर हेरेर १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुटमा किताब पाइन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.