शान्ति मिसन सम्मेलनमा सहभागी हुन रक्षामन्‍त्री न्युयोर्कमा

शान्ति मिसन सम्मेलनमा सहभागी हुन रक्षामन्‍त्री न्युयोर्कमा

अमेरिका : नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बुधबार न्यूयोर्क आइपुगेका छन्।संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पोखरेल न्युयोर्क आइपुगेका हुन्।

रक्षामन्त्री पोखरेल,नेपाली सेनाका महासेनानी चोकबहादुर ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव धनश्याम भण्डारीसहितको तीन सदस्यीय टोली अमेरिका आइपुगेको हो। 

उनीहरुको स्वागत गर्न राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्यदूतावास न्यूयोर्कका प्रमुख पुष्पराज भट्टराईलगायत नेकपा सर्मथित नेता विमानस्थल पुगेका थिए। 

मन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। रक्षामन्त्री पोखरेलले बैठकमा नेपाली सेना र नेपाल प्रहरीले पुर्‍याएको योगदानबारे जानकारी गराउने छन्।

मन्त्री पोखरेल अमेरिका आएको मौका पारी न्यूयोर्कस्थित नेपाल सरकारको बाणिज्य दूतावासले शनिबार नेपालमा लगानी बढाउन तथा देशको समृद्धिमा हातेमालो गर्न चाहने नेपालीसँग छलफल गर्दैछ । 

यस्तै मन्त्री पोखरेल आइतबार नेपाली समुदायसँग हुने छलफलमा समेत सहभागी हुने कार्यक्रम रहेको महाबाणिज्यदूत भट्टराईले जानकारी दिएका छन्। हाल विश्वका ११ देशका १२ वटा मिसनमा नेपाली सेना, शान्ति स्थापनार्थ कार्यरत छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.