जनकपुर बम काण्ड : पूर्व राज्यमन्त्री सञ्जय साहसहित ७ लाई जन्मकैद फैसला

जनकपुर बम काण्ड : पूर्व राज्यमन्त्री सञ्जय साहसहित ७ लाई जन्मकैद फैसला

जनकपुरधाम : जनकपुर बम काण्डका मुख्य अभियुक्त पूर्वराज्यमन्त्री सञ्जय साहसहित ७ जनालाई जन्मकैद फैसला सुनाइएको छ भने एक जनालाई ५ वर्षको जेल सजाय सुनाइएको छ।

जिल्ला अदालत धनुषाले बिहीबार ७ सहित ७ जनालाई जन्मकैद फैसला गरेको श्रेस्तेदार राधाकान्त झाले जनाए।

अभियुक्तहरू माथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता भएको थियो। मुद्दामा आइतबारदेखि सुरु भएको बहस बिहीबार सकिएसँगै  जिल्ला अदालत धनुषाका ७ नम्बर बेन्चका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीहरूविरुद्ध जन्म कैद फैसला सुनाएको हो।

जन्मकैदसहित १२ वर्ष सजाय पाउनेहरुमा पूर्वराज्यमन्त्री साह सहितभूमिगत संगठनका मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र दीपेन्द्र झा छन्। ओमप्रकाश यादवलाई ज्यान सम्बन्धि कसुरमा ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेको हकमा माग दावीबाट सफाई पाउने ठहर छ।

फरार अभियुक्तहरू जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार बहरखेर यादव र नारायण भन्ने उमेश तिवारीको मुद्दा भने मुलतबीमा राखिएको छ।

पूर्व राज्यमन्त्री साह हाल नख्खु कारागारमा छन्। 

जनकपुर बम काण्ड

जनकपुरस्थित रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण बसिएको धार्नामा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए।

त्यसबेला नयाँ संविधानमा मिथिला राज्य माग गर्दै मिथिला राज्य संघर्ष समितिको आयोजनामा भएको शान्तिपूर्ण प्रर्दशनमा विस्फोट गराइएको थियो।

सुनवाइको पहिलो दिन सरकारी अधिवक्ता शम्भु गौतमले पूर्वराज्यमन्त्री तथा तत्कालीन सांसद सञ्जयकुमार साहले सुनियोजित रुपमा घटना घटाएको प्रमाण पेश गरेका छन्। साहले जनकपुरकै होटल व्यवसायी जीवनाथ चौधरीलाई हत्या गर्ने अभिप्रायले अन्य अभियुक्तसँग मिलेर घटना घटाएको अधिवक्ता गौतमले तर्क गरेका थिए।

प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो। मुद्दामा मुकेश चौधरी, राजन मुक्तिलगायतलाई मुख्य अभियुक्त एवं जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, दीपेन्द्र झा र आदित्य देवलाई अभियुक्त बनाइएको थियो।

२०७० चैत्र २४ गते प्रहरीले पुरक अभियोगपत्र दर्ता गरी मुख्य अभियुक्तमा तत्कालीन सांसद सञ्जयकुमार साहको नाम अघि सारेको थियो। साहसँगै फुलकुमार यादव, नागराज भन्ने उमेश तिवारी, सुजितकुमार पाण्डेय र ओम्प्रकास यादवलाई अभियुक्त बनाइएको थियो।

१३ जनामाथि कर्तव्य ज्यानको मुद्दा

तत्कालीन सांसद सञ्जयकुमार साहले आफ्ना दुश्मन चौधरीलाई मार्न तराई जनतान्त्रिक पार्टी मधेस नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरीसँग ५० लाखमा सम्झौता गरेका थिए। सम्झौताअनुसार चौधरीलाई साहले पहिलो किस्तामा ५ लाख भारु दिएका थिए।

साहको योजनामा अभियुक्त चौधरीले विस्फोटको योजना बनाएका थिए। उनले आफ्ना संगठनका कार्यकर्तालाई प्रयोग गरी विस्फोट गराएका थिए। उनले भारतबाट विस्फोटक आरडिएक्स खरिद गरि बम बनाउन लगाएका थिए। उनका सहयोगीले अभियुक्तमध्येका एक प्रहरी जवान मुकेश कर्णको सहयोगमा विस्फोटक नेपाल ल्याएका थिए।

बारुद र आरडीएक्सको प्रयोग गरी शक्तिशाली बम बनाएर साहले रिमोट कन्ट्रोलबाट विस्फोट गराउने योजना बनाए। बमको नमूना परीक्षण भयो। रामानन्द चोकमा विस्फोट गराउनुभन्दा एक दिन अगाडि जनकपुरस्थित तत्कालिन एमाले पार्टी कार्यालयमा विस्फोट भएको थियो।

घटना भएको दिन विहान चौधरी र साहले एक अर्कासँग फोनमा कुरा गरी चौधरी होटेलबाट धर्नास्थलमा आएर बसेपछि विस्फोट गराउने निधो गरेका थिए।

रामानन्द चोकमै होटल सीताशरण सञ्चालन गर्दै आएका चौधरी धर्नास्थलमा आए पनि र साहको योजनाअनुसार चौधरीले आफ्ना कार्यकर्तालाई बम कुर्सीमा राखेर रिमोटबाट विस्फोट गराउन निर्देशन दिए। योजनाअनुसारनै बम विस्फोट भयो। तर, मुख्य टारगेट चौधरी बाँच्न सफल भए। धर्नामा बसेका मध्ये मिथिलाकी चर्चित रंगकर्मी रञ्जु झा, स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्ययाको ज्यान गयो।

अभियुक्त मुकेश चौधरीले साहसँग फोनमा गरेका हरेक कुराकानी रेकर्ड गरेर राखेका थिए। घटनापछि साह र चौधरीको कुरा नमिलेपछि चौधरी हातहतियार खरखजाना मुद्दामा पक्राउ परे। उनले साहलाई पनि घटनामा पोले। अदालत समक्ष सबै रेकर्ड उपलब्ध गराए। मुख्य अभियुक्त चौधरीकै बयान र रेकर्ड प्रमाणको आधारमा साह पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.