सानीभेरी गाउँपालिका छुवाछुत मुक्त घोषणा

सानीभेरी गाउँपालिका छुवाछुत मुक्त घोषणा

रुकुम पश्चिम : जिल्लाको सानीभेरी गाउँपालिकालाई जातीय छुवाछुत मुक्त र सामाजिक सद्भाव युक्त गाउँपालिका घोषणा गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास समिति सभापति राजु परियारले एक समारेहका बीच बिहीबार गाउँपालिकालाई जातिय छुवाछुत मुक्त र सद्भाव युक्त घोषणा गरेकी हुन्।

नेपालको संविधानमा उल्लेखित दलितका संवैधानिक हक तथा कानुनी व्यवस्थाले निर्धारण गरेका सेवा तथा सुविधा र जातीय छुवाछुत अपराध कसुर सजाय ऐन २०६८ लाई पूर्णरुपले लागु गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताउँदै गाउँपालिका अध्यक्ष नरबहादुर पुनले अबदेखि गाउँपालिकामा कुनैपनि प्रकारको विभेद नरहने बताए।

गाउँ कार्यपालिकाले पारित गरेको १० बुँदे नीति तथा प्रतिवद्धतामा आधारित भएर जातीय छुवाछुत तथा भेदभावका सूचक पूरा गरेको अध्यक्ष पुनले बताए। 'मान्छे-मान्छे बीचमा जातीय आधारमा हुने विभेद कानुनतः दण्डनीय छ। यसकारण यो आपराधिक कार्य यस गाउँपालिकामा हुन दिनु हुँदैन भन्ने उद्देश्य राखेर घोषणा गरिएको हो।'

सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहने, सबै जातजातिको विभिन्न धार्मिकस्थल तथा सांस्कृतिक क्रियाकलापमा साँझा पहुँच हुने, जातीय कारणले कुनैपनि सार्वजनिक समारोह पार्टी, पौवा, भोजभतेरमा विभेद नरहने, जातीय भेदभाव झल्काउने उचनीच शब्दको प्रयोग नहुने, छुवाछुतलाई कानुनतः अपराध हो भन्ने कुरा सबैले हेक्का राख्ने, अन्तरजातिय विवाहलाई सहर्ष स्वीकार गर्ने, परम्परागत बालिघरे प्रथालको अन्त्य हुने, परम्परागत सीपमा आधारित काममा सम्मानजनक व्यवहार गने र समाजिक सांस्कृतिक तथा राजनैतिक क्षेत्रमा सबैको समान पहुँच र सहभागिता हुने भनेर ९ बुँदामा प्रतिवद्धता पनि जाहेर गरिएको छ। 

उनले एक्‍काइसौं शाताब्दीमा पनि जातकै आधारमा विभेद हुनु भनेको अत्यन्त दुःखद रहेको बताइन्।'संसारमा मानव जाति नै एउटा विशिष्ट जाति हो मान्छे भन्दा ठूलो जात हुन सक्दैन, सभापति परियारले भनिन्, 'संविधानले समेत जातीय विभेद अपराध भनेको छ। यो अपराध हुन नदिन यो घोषाणले धेरै ठूलो बल पुग्नेछ।'

घोषणा कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा र रातो कामीको पनि सहभागिता रहेको थियो। जम्मा ११ वटा वडा रहेको यो गाउँपालिका जातीय छुवाछुत मुक्त र जातीय सद्भाव युक्त गाउँपालिका घोषणा हुने तेस्रो गाउँपालिका हो। 

यस भन्दाअघि चौरजहारी र बाफिकोट गाउँपालिकालाई छुवाछुत मुक्त र सद्भाव युक्त घोषणा गरिसकिएको छ। रुकुम पश्चिममा तीन नगरपालिका र तीन गाउँपालिका गरी जम्मा ६ वटा स्थानीय तह रहेका छन्।घोषणा कार्यक्रममा सानीभेरीका विभिन्न स्थानबाट सर्वसाधारण नागरिक झाँकीसहित उपस्थित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.