भीरबाट लडेर एकको मृत्यु

भीरबाट लडेर एकको मृत्यु

दोलखा : दोलखाको उत्तरी दुर्गम कालिञ्चोक गाउँपालिकास्थित भैंसे भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिन्चोक गाउँपालिका–१, तारेभीरस्थित भैंसभीरमा घाँस काट्न गएकी १७ वर्षीय चिनिमाया तामाङको लडेर मृत्यु भएको पिता रामबहादुर तामाङले बताए ।

उनका अनुसार बिहीबार बिहान खाना खाएर खरको घाँस काट्न गएकी तामाङको करिब ११ बजे भीरबाट लडेर मृत्यु भएको हो । उनले प्रहरीलाई शुक्रबार बिहान मात्र टेलिफोन गरी जानकारी गराएको दोलखाका प्रहरीको सूचना अधिकृत एवम् प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए । थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली खटिएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको सूचना अधिकृत महतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.