पाटनकाे घोडेजात्रामा पर्वतले देखायाे यस्ताे कौशल (फाेटाेफिचर)
ललितपुर : नेवार समुदायको सौन्दर्य नै हो घोडेजात्रा । काठमाडौं उपत्याकामा महत्वपूर्ण पर्वकै रुपमा मनाइने यो जात्रा यस वर्ष पनि भव्य रह्यो ।
काठमाडौं जिल्लामा झैँ ललिपुरको पाटनमा पनि घोडेजात्रा उत्तिकै लोकप्रिय छ । आज शुक्रबार पाटनमा मनाइएको घोडेजात्रा अघिल्ला वर्ष झैँ रोचक थियो । जात्राको लागि पर्वत नामको घोडा नारायणहिटीबाट ल्याइएको थियो । जसलाई पूजा गरी, सिंगारपटार गरी ललितपुरको नगर परिक्रमा नै गराइयो ।
घोडालाई पाटनको मंगलबजारबाट हिँड्न सुरु गराइ बालकुमारी पुर्याइ समापन गर्ने चलन छ । यस पर्वमा घोडालाई दाना–पानी खुवाएपछि पूजा गरी घोडालाई डुलाउने गरिन्छ ।
आज शुक्रबार पर्वत घोडाको कौशल र जात्रा अवलोकन गर्न हजारौं स्थानीयबासीको घुइँचो नै लाग्यो । घोडचढी गर्ने भने नेवार समुदायकै खास व्यक्ति हुन्छन् । वर्षौँ पुरानो यो संस्कार ललितपुरका साथै काठमाडौंमा पनि हरेक वर्ष मनाइन्छ ।







प्रतिक्रिया दिनुहोस !