गोरखामा भूकम्पमापन यन्त्र

गोरखामा भूकम्पमापन यन्त्र

गोरखा :  भूकम्पको केन्द्रबिन्दु गोरखाका विद्यार्थी र समुदायलाई भूकम्पको विषयमा सचेत गराउने उद्देश्यले गोरखाको बालमन्दिर माविमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ। विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम नेपाल नामक संस्थाले बालमन्दिर माविको भवनमा सिस्मोमिटर जडान गरेको हो।

भूकम्पको केन्द्रबिन्दु गोरखालाई अझै पनि सयौंपटक केन्द्र बनाएर परकम्प गइरहेको छ। भूकम्पको सम्भावना पनि उत्तिकै रहेकाले यसबाट सजग रहन तथा यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरिएको सिस्मोस्कुल नेपालका शिव सुवेदीले जानकारी दिए। सो यन्त्रले चार रेक्टरस्केल भन्दा कम म्याग्निच्यूटको भूकम्पसमेत मापन गर्ने सुवेदीले बताए। भूकम्पको केन्द्रबिन्दु, दुरी, गहिराई र दुरीको म्याग्नेच्यूट पनि पत्ता लगाउन सक्ने उनले बताए।

अमेरिका, क्यानडा स्वीजरल्याण्डको लुजान विश्वविद्यालयको सहयोगमा सो संस्थाले गोरखा सहित विभिन्न २३ जिल्लाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान गर्ने क्रममा गोरखाको बालमन्दिरमा सो यन्त्र जडान गरेको हो।

विद्यालयमा भूकम्पमापन यन्त्र जडान गरिएको यो नेपालकै पहिलो कार्यक्रम रहेको सुवेदीले बताए। यसअघि सो संस्थाले बाग्लुङको गल्कोटस्थित एकता सेकेण्डरी स्कूललगायत चार ठाउँमा यन्त्र जडान गरेको थियो। 

विश्वका विभिन्न देशमासमेत सफल प्रयोग भएकाले सरकारको अनुमति लिएर नेपालका विद्यालय तहमा जडान गर्न थालिएको सुवेदीको भनाइ छ। विद्यालयमा सिस्मोमिटर जडान गर्नुअघि सो संस्थाले सम्बन्धित विद्यालयका शिक्षकलाई पोखरामा तालिम समेत सञ्चालन गरेको थियो।

भुकम्पको बारेमा सचेतना फैलाउन र यसबाट हुन सक्ने क्षति कम गर्नका लागि यस्ता कार्यक्रमले सघाउने बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.