ब्लड क्यान्सर पीडित बालक अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल

ब्लड क्यान्सर पीडित बालक अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल

बिर्तामोड : झापा हल्दिबारी गाउँपालिका- ४ अधिकारीचोकका १३ वर्षीय बालक गोपीचन्द्र दंगाल (सुगम) काठमाडौंस्थित कान्ति बाल अस्पतालमा  उपचार छन्।ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका दंगाललाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ। 

उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्।स्थानीय चिल्ड्रेन गार्डेन स्कुलमा कक्षा ७ मा अध्ययनरत सुगमलाई ब्लड क्यान्सर भएको परिवारजनले दुई महिनाअघि मात्र थाहा पाएको उनका काका मनकुमार दंगालले बताए। 

झापामा उपचार संम्भव नभएपछि हाल उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।'तीन महिना अघि छोराको शरीरमा निलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगेका थियौं, उनका बुबा भीष्मले भने, 'ओमसाईका चिकित्सकले नाकमा मासु पलाएकाले समस्या आएको भन्दै छोराको शल्यक्रिया गरेका थिए, शल्यक्रिया गर्दा करिब एक लाख खर्च भएको थियो।'

 
नाकको शल्यक्रिया पछि पनि छोरा सञ्चो नभएपछि थप उपचारका लागि चैत ४ गते काठमाडौ लगेको र कान्ति बाल अस्पतालका चिकित्सकले छोरालाई ब्लड क्यान्सर भएको जानकारी गराएको थियो। सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका भीष्मले छोराको उपचारमा आर्थिक खर्च जुटाइदिन सबैसमक्ष आग्रह गरेका छन्। 

कान्ति बाल अस्पतालका डा. सुधीर सापकोटाको भनाईलाई उदृत गर्दै उनले भने, 'छोराको उपचार ४४ महिना गर्नुपर्न हुन्छ, त्यसका लागि ३५ देखि ४० लाख खर्च हुन्छ। अहिलेसम्म ९ लाख खर्च भइसकेको छ। छोराको उपचारका लागि ५ लाख ऋण लिएका छौं, छोरा पढने स्कुलले ६३ हजार सहयोग गरेको छ, उनले भने, 'यति रकमले नपुग्ने भएपछि स्थानीयद्वारा गठित गोपी चन्द्र ढंगाल (सुगम) ब्लड क्यान्सर बचाउ अभियानले चार लाख सहयोग गरेको छ।' छोराको उपचार गराउन अझै ३० लाख लाग्ने सुगमका परिवारले बताएका छन्। 

सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग

मनकुमारका एक मात्र छोरा सुगमको ब्लड क्यान्सर रोग देखा परेपछि स्थानीयको भेलाले गोपी चन्द्र ढंगाल (सुगम) ब्लड क्यान्सर बचाउन अभियान सुरु गरेको अभियानका संयोजक तुलसीप्रसाद मिश्रले जानकारी दिए। अभियान स्वरुप चन्दा रसिद छपाएर आर्थिक संकलनमा जुटेको उनले बताए। उनका अनुसार हालसम्म ४ लाख रुपैयाँ बढी पीडित परिवारजनलाई दिइसकेको छ।

यसै अभियानको क्रममा झापा कारागार र बन्दी विकास पुस्ताकालयले सुगम बचाउन अभियानलाई नगद २१ हजार गरेको छ। जेल जीवन बिताइरहेका कैदीबन्दीबाट संकलित सो रकम झापा कारागारका चौकीदार मोहन धितालले अभियानका संयोजक मिश्रलाई हस्तान्तरण गरेका थिए। त्यसैगरी महिला कैदीबन्दीले पनि अभियानलाई आर्थिक सहयोग गर्ने बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.