भत्ता लिएर फर्किएका वृद्धको मोटरसाइकल ठक्करबाट मृत्यु

भत्ता लिएर फर्किएका वृद्धको मोटरसाइकल ठक्करबाट मृत्यु

राजविराज : सामाजिक सुरक्षावापत भत्ता थापेर घर फर्किरहेका सप्तरीका एक वृद्धको मृत्यु भएको छ ।

सप्तरीको खड्क नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ४२४० नम्बरको मोटरसाइलको ठक्करले खड्क नगरपालिका–९ लालपट्टी बस्ने ६८ वर्षीय छुतहरु मण्डल खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिर्जना फाइनान्स लिमिटेडबाट सामाजिक सुरक्षावापत भत्ता थापेर घर फर्किरहेका पैदल यात्री खत्वेलाई शुक्रबार अपरान्ह मोटरसाइकलले ठक्कर दिइ घाइते बनाएको थियो ।

इन्द्रेणी पोली क्लिनिक खरचुइयामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो । शनिबार धरान नपुग्दै इटहरी पुगेपछि उनको मृत्यु भएको परिवारका सदस्यहरुले बताए । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.