मलमुत्र खुवाउन खोज्नेलाई ६ महिना कैद

मलमुत्र खुवाउन खोज्नेलाई ६ महिना कैद

राजविराज : कथित बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने एक महिलालाई अदालतले ६ महिना कैद सजाय सुनाएको छ।

खडक नगरपालिका ७ कल्याणपुर लबटोलिया घर भई तिरहुत गाउँपालिका २ बडहरास्थित माइत बस्दै आएकी २२ वर्षीया सुनीता भनिने सोनिताकुमारी रामलाई जिल्ला अदालत सप्तरीले ६ महिना कैद सजाय सुनाएको हो। 

सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले  शुक्रबार उक्त फैसला गरेको हो।

बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सीको आरोप लगाउँदै सोनिताले ०७५ असोज २२ गते मलमुत्र खुवाउने प्रयास गरी कुटपिट गरेकी थिइन्। 

मानवतीले दिएको उजुरी दर्ता गरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले सोनितालाई पक्राउ गरेको थियो। भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा पक्राउ परेकी सोनिता गत कात्तिक १५ गते २५ हजार धरौटी राखी तारेखमा रिहा भएकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.