शिक्षकद्वारा परीक्षा बहिष्कार

शिक्षकद्वारा परीक्षा बहिष्कार

जाजरकोट : जाजरकोटमा कार्यरत शिक्षकले परीक्षामा सहयोग नगर्ने निर्णय गरेका छन्। आइतबारदेखि सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षा सञ्चालनमा आफूहरूलाई बाइपास गरेको भन्दै आपत्ति जनाएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा ११ र १२ कक्षामा अध्यापनरत शिक्षकलाई केन्द्राध्यक्ष नराखेर अन्य स्थायी शिक्षकलाई नियुक्ति गरिएपछि उनीहरूले परीक्षामा सहयोग नगर्ने निर्णय गरेका हुन्।

जिल्ला परीक्षा सञ्चालन समन्वय समितिको बैठकले साविकको माध्यमिक तहमा कार्यरत स्थायी शिक्षकलाई केन्द्राध्यक्षमा नियुक्ति दिने निर्णय गरेको थियो। साविकको उच्च मावि तहमा कार्यरत अस्थायी तथा करारका कुनै पनि शिक्षकलाई केन्द्राध्यक्ष नबनाइएको भन्दै उच्च माध्यमिक शिक्षक संघ (हिस्टुन) जाजरकोटले परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको हो। हिस्टुनका जिल्ला अध्यक्ष प्रवेश आरसीले विज्ञप्ति प्रकाशन गर्दै केन्द्राध्यक्ष नियुक्ति गर्दा आफूहरूलाई उपेक्षा गरिएको भन्दै विरोध जनाएका छन्।

अध्यक्ष आरसीले भने, ‘सम्बन्धित तहमा अध्यापनरत शिक्षकलाई उपेक्षा गरियो, यो दुःखद पक्ष हो।’ जिल्लामा १० वटा परीक्षा केन्द्र तोकिएको छ। २० वटा सामुदायिक विद्यालयमा १२ कक्षासम्म पढाइ हुने गर्छ। शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख खडक केसीले वर्तमान शिक्षाको संरचना ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह मानेकाले मावि तहमा कार्यरत स्थायी शिक्षकलाई केन्द्राध्यक्ष बनाउने नीतिगत निर्णय गरिएको बताए। साविकको उच्च मावि तहमा कार्यरत शिक्षकले पनि केन्द्राध्यक्ष हुने मौका पाउँदै आएका थिए। ११ र १२ कक्षामा ७६ जना शिक्षक कार्यरत छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.