झापाको दक्षिणी क्षेत्र लागुऔषध भित्र्याउने मुख्य द्वार बन्दै

झापाको दक्षिणी क्षेत्र लागुऔषध भित्र्याउने मुख्य द्वार बन्दै

बिर्तामोड : गत मंसिर १७ गते झापा अर्जुनधारा नगरपालिकामा सञ्चालित एक औषधि पसलमा अनुगमन गर्दा नेपालमा प्रतिबन्धित औषधि फेला पर्‍यो। भारतबाट ल्याएर बिक्री वितरणका लागि राखिएको उक्त औषधि नेपालमा लागुऔषधको रुपमा प्रयोग हुने भएकाले अनुगमन टोलिले जफत गर्‍यो। उक्त औषधि पसलमा अधिकांश औषधि भारतबाट ल्याएर बिक्री भएको भेटिएको थियो। 

त्यसको चार महिना पछि चैत १६ गते झापा प्रहरीले झापाको दक्षिण नाका कचनकवल १ स्थित अस्थाइ प्रहरी चौकीस्थित कुटी भन्ने स्थानबाट अवैधरुपमा नेपाल भित्रिदै गरेको २२ लाख मूल्य बराबरको औषधिसहित औषधि जन्य सामाग्री बरामत गर्‍यो। यो पछिल्लो समय ठूलो परिमाणमा प्रहरीले झापामा बरामत गरेको औषधि हो। औषधिसहित चारजना पनि पक्राउ परे। 

त्यसको केहि दिन बित्न नपाउँदै पुन: सशस्त्र प्रहरीले दक्षिणी क्षेत्रबाटनै करिब एक लाखको एलोपेथिक औषधिसहित दुई जनालाई पक्राउ पनि गर्‍यो। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल ३ बगानस्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर १२२ बाट १०० मिटर उत्तरतर्फ सवारीसाधन चेकजाँचको क्रममा औषधिसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट ५ सय फाइल अर्थात् १५ हजार क्याप्सुल ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधि फेला परेको थियो।

यी घटनाले नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका औषधि दक्षिणी झापाका सीमावर्ती नाकाबाट भित्र्याउने र नेपालका विभिन्न औषधि पसलमा खुलेआम बिक्री हुने गरेको खुलेको छ। यस्ता औषधि नेपाल भित्र्याउनमा ठूलै गिरोह सक्रिय रहेको प्रहरीको तर्क छ। भारतबाट यौनवद्र्धक औषधि, दुखाई कम गर्ने सहित विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधि नेपाल भित्रने गरेको देखिएको छ। प्रहरीले बरामत गरेको औषधि प्राय सबै नेपालमा प्रतिबन्धित छन्। 

ब्रेष्ट्रिम आयल तेल, वरलिस्टयाट क्याप्सुल इि एस पि वरलिम्याक्स क्याप्सुल, फ्लोमिस्ट नसल स्प्रे, कारेपरोष्ट, अमाग्रा, जुरीग, पि फोर्स, मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक नेपालमा प्रतिबन्धित औषधि बरातमका क्रममा बढि भेटिने गरेको जिल्ला प्रहरी कर्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए।'खुल्ला सिमाना धेरै भएको र झापामा बढी औषधि पसल र अस्पताल भएकाले भारतीय औषधि खुलेआम रुपमा भित्रिने रहेछ, पछिल्लो समय प्रहरीले सक्रियता बढाएकाले केहि व्यक्ति र औषधि बरामत भएको छ,' श्रेष्ठले भने। 

भारतबाट नेपाल औषधि भित्र्याउनमा सक्रिय पनि केहि भारतीय र धेरै नेपाली नागरिकनै रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले चैत १६ गते दक्षिण नाका कचनकवल १ स्थित अस्थाई प्रहरी चौकीस्थित कुटी भन्ने स्थानबाट अवैधरुपमा नेपाल भित्रिदै गरेको २२ लाख मूल्य बराबरको औषधि सहित भारत जंगपुरी दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सम्दान हुसेन, सोहि ठाउँ बस्ने २२ वर्षीय इतियाज आलम र अर्का २८ वर्षीय ताहिर आलम लाई पक्राउ गरेको थियो। 

 त्यसको केहि समय पछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाबाट खटिएका सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधि सहित हल्दिवारी गाउँपालिका ४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका ५ बस्ने ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार उनीहरुले लामो समयदेखि भारतबाट औषधि ल्याउने र झापाको विभिन्न स्थानमा रहेको औषधि पसल र अस्पतालमा औषधि बिक्री गर्ने गरेको पाइएको छ। सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालले पक्राउ परेको व्यक्ति व्यवसायीक तस्कर भएको बताए। उनीहरुले यो नाकाबाट मारुती भ्यान र मोटरसाइकलको प्रयोग गर्दै नेपालमा औषधि भित्र्याउने गरेका छन्। 

प्रतिबन्धित औषधिसहित पक्राउ परेकालाई औषधि व्यवस्था विभाग विराटनगरले झापा जिल्ला अदालतमा मुद्दा दर्ता गराई कारावाही प्रक्रिया अघि बढाएको छ। नेपालका औषधि पसल तथा ५० शैयामाथिका अस्पतालले भारतीय ब्राण्डका औषधि प्रयोग गर्ने र त्यस्ता अस्पतालले भारतीय औषधि मगाउने गर्दा पक्राउ परेको पक्राउ परेकाले प्रहरीलाई बयान दिने गरेका छन्।
 
नेपाल सरकार र औषधि व्यवस्था विभागको आदेश र अनुमतिबिना भारतीय ब्राण्डका औषधि नेपाल भित्राउन प्रतिबन्ध लगाएपछि तस्कर समूहले तस्करीको माध्यमबाट औषधि भित्राउन थालेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.