भारतीय सेनाले मकालु हिमालमा यतीका पाइला देखेको दाबी
काठमाडौं : भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरनजिकै हिम मावन यतीको पाइला भेटेको दाबी गरिएको छ । भारतीय सेनाको एक ट्वीटर अकाउन्टमा सोमाबार राति पोस्ट् गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो।
भारतीय सेनाको हिमालय अभियान टोलीले यही अप्रिल ९ मा मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटेको जानकारी दिइएको छ। पाइलाको लम्बाई ३२ इन्च र चौडाई १५ इन्च रहेको दाबी छ । मकालुमा पहिलो पटक यतीको पाइला देखिएको, रहस्यमयी हिम मानव यतीलाई विगतमा माकालु–वरुण राष्ट्रिय निकुञ्जमा मात्रै देखिने गरेको ट्वीटमा लेखिएको छ। यतीको पाइला भेटेको भन्दै फोटोसहित पोस्ट गरिएको छ ।
उच्च हिमालमा यती बस्ने भनिए पनि यतीको बास्तविक अस्तित्वबारे अहिलेसम्म केही फेला परेको छैन् । नेपालका विभिन्न हिमालय यात्राका क्रममा यती र यतीको पाइला देखिएको भन्ने दाबीसहितका प्रशंगहरु भने धेरै पाइन्छन्।