सीमाबाट भित्रिन्छन् प्रतिबन्धित औषधि

सीमाबाट भित्रिन्छन् प्रतिबन्धित औषधि

बिर्तामोड : झापाको दक्षिणी नाका कचनकवल–१ स्थित कुटीबाट नेपालतर्फ ल्याइँदै गरेको २२ लाख मूल्य बराबरको अवैध औषधि प्रहरीले चैत १६ गते बरामद गरेको थियो। भारत जंगपुरी दिल्ली घर भई काठमाडौं जोरपाटी बस्ने फुन्चोक लामा, झापाकै बाह्रदशी गाउँपालिका–४ बस्ने सम्दान हुसेन, इतियाज आलम र ताहिर आलम औषधिसहित पक्राउ पनि परे।

त्यसको केही दिन बित्न नपाउँदै सशस्त्र प्रहरीले दक्षिणी क्षेत्रबाटै एक लाख रुपैयाँ बराबरको एलोपेथिक औषधिसहित दुई जनालाई पक्राउ गर्‍यो। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३ बगानस्थित नेपाल–भारत मुख्य सीमास्तम्भ नम्बर १२२ बाट १०० मिटर उत्तरतर्फ सवारीसाधन चेकजाँच क्रममा अवैध औषधि फेला परेको हो। त्यस क्रममा ५ सय फाइल अर्थात् १५ हजार क्याप्सुल ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधि फेला परेको सशस्त्र प्रहरीले जानकारी दियो।

  सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले भारतीय ब्रान्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ का जितबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का राजेन्द्र लिम्बूलाई पक्राउ गरेको थियो। उनीहरू लामो समयदेखि प्रतिबन्धित औषधि भारतबाट नेपालतर्फ ओसारपसारमा संलग्न रहेको प्रहरीको भनाइ छ।

  ०७५ मंसिर १७ गते पनि अर्जुनधारा नगरपालिकामा सञ्चालित एक औषधि पसलमा अनुगमन गर्दा नेपालमा प्रतिबन्धित औषधि फेला परेको थियो। भारतबाट ल्याएर बिक्री–वितरणका लागि राखिएको उक्त औषधि नेपालमा लागुऔषधका रूपमा प्रयोग हुने भएकाले अनुगमन टोलीले जफत गर्‍यो। उक्त पसलमा अधिकांश अवैध औषधि भारतबाट ल्याएर बिक्री गरेको पाइएको थियो।

अवैध औषधि नेपाल भित्र्याउन ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ।

यी घटनाले नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका औषधि दक्षिणी झापाका सीमावर्ती नाकाबाट भित्र्याउने र नेपालका विभिन्न औषधि पसलमा खुलेआम बिक्री हुने गरेको रहस्य खोलेको छ। यस्ता अवैध औषधि नेपाल भित्र्याउन ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ। भारतबाट यौनवद्र्धक, दुखाइ कम गर्नेसहित विभिन्न ब्रान्डका आयुर्वेदिक र एलोपेथिक औषधि नेपाल भित्रिने गरेको देखिएको छ। बरामद गरिएका औषधि सबै नेपालमा प्रतिबन्धित हुन्।

ब्रेस्ट्रिम आयल तेल, वरलिस्टयाट क्याप्सुल ई एस पी वरलिम्याक्स क्याप्सुल, फ्लोमिस्ट नसल स्प्रे, कारेपरोष्ट, अमाग्रा, जुरीग, पी फोर्स, मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक नेपालमा प्रतिबन्धित औषधि अवैध रूपमा भारतबाट विभिन्न नाका प्रयोग गरेर ल्याइने गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठले बताए।

‘खुला सिमाना धेरै भएको र झापामा बढी औषधि पसल र अस्पताल भएकाले भारतीय औषधि खुलेआम भित्र्याउने गरिएको छ,’ उनले भने। सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालले अवैध औषधिसहित पक्राउ परेका व्यक्ति औषधिका व्यावसायिक तस्कर भएको बताए। उनीहरूले विभिन्न नाकाबाट मारुती भ्यान र मोटरसाइकल प्रयोग गर्दै नेपालमा लागुऔषधसहित प्रतिबन्धित औषधि भारतबाट ल्याउने गरेको उनको भनाइ छ।

त्यस्ता औषधिसहित पक्राउ पर्नेलाई प्रहरीले बुझाएपछि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले अदालतमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाउने गरेको छ। नेपालका औषधि पसल तथा ५० शड्ढयामाथिका अस्पतालले भारतीय ब्रान्डका औषधि प्रयोग गर्न थालेको र त्यस्ता अस्पतालले भारतीय औषधि मगाउने गरेको बयान पक्राउ परेकाहरूले दिने गरेका छन्। नेपाल सरकार र औषधि व्यवस्था विभागको अनुमतिबिना प्रतिबन्धित औषधि ल्याउन नपाउने भए पनि तस्करीमार्फत भारतीय ब्रान्डका औषधि नेपाल भित्र्याउने गरिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.