सेनाका अधिकृतले जिते दुई खसी
नुवाकोट : नेपाली सेना अधिकृत आधार तालिम समूह र सैन्य आधार तालिम समूहबीच नुवाकोटमा भएको मैत्रीपूर्ण फुटबलमा अधिकृत समूह विजयी भएको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा नेपाली सेना अधिकृत आधार तालिम समूहले र सैन्य आधार तालिम समूहलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको हो।
नं १ तालिम गण त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण फुटवल खेलमा अधिकृत समूह एक गोल अन्तरले विजयी भएको हो। अधिकृत समूहका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेका हुन्।
आयोजक तालिम गण त्रिशूलीका गणपति खेमराज शर्माले अधिकृत समूह र तालिमरत खेलाडीबीच पहिलो पटक खुल्ला मैदानमा आयोजना गरिएको प्रतियोगिताले नागरिक–नेपाली सेनाबीच सौहार्दपूण सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए।
विजयी सेनाको अधिकृत टोलीलाई ४०/४० किलोग्रामका दुई खसी प्रदान गरिएको श्री नं १ तालिम गणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !