जाजरकोटमा सात नक्कली परीक्षार्थी पक्राउ

जाजरकोटमा सात नक्कली परीक्षार्थी पक्राउ

जाजरकोट : जाजरकोटमा कक्षा १२ को परीक्षामा अर्काको नामबाट परीक्षा दिने सात जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्लाको गर्खाकोटस्थित शिवपुरी मावि परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने  ५ छात्रा र २ छात्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालित १२ कक्षाको विभिन्न विषयको परीक्षामा नक्कली विद्यार्थी बनेर परीक्षा दिने पक्राउ परेका हुन्। उनीहरुले प्रवेश पत्रमा खास विद्यार्थीको फोटो उप्काएर आफ्नो फोटो टाँसेर परीक्षा दिएको खुलेको डिएसपी खत्रीले बताए।

प्रहरीले उनीहरु सबैलाई परीक्षा सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। पक्राउ परेका सबै नाबालक भएकोले नाम सार्वजनिक गर्न नमिल्ने डिएसपी खत्रीले बताए। उनीहरु सबैलाई प्रहरी हिरासतमा राखिएको छ। जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागी १५ दिनको म्याद दिएको छ। जिल्लामा नक्कली परीक्षार्थीले परीक्षा दिने कार्य बढेपछि अनुसन्धान गर्दा उनीहरु फेला परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खडग के.सीले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.