डिग्री पास गरेर बेरोजगार

डिग्री पास गरेर बेरोजगार

रूपन्देही : प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत चैत १ गतेदेखि वडा कार्यालयमा बेरोजगार फारम संकलन भइरहेको छ। फारम भर्नेमा अशिक्षितभन्दा शिक्षितको संख्या धेरै छ। बुटवल उपमहानगरमा ९ सय जनाले फारम भरेका छन्। १५ जनाभन्दा बढी स्नातकोत्तर (मास्टर डिग्री) पास छन्। ३९ जना स्नातक पास छन्। यसले शैक्षिक बेरोजगारीको अवस्था देखाउँछ।

कक्षा १० र १२ कक्षा उत्तीर्ण केही बढी छन्। १० कक्षा पनि पास नगरेकाहरूको संख्या अत्यधिक छ। पढेर प्रमाणपत्र हात पार्दा पनि बेरोजगार हुनुपरेको तीतो उनीहरूले फारममा दर्शाएका छन्। बुटवल–७ की फेमा न्यौपानेले नेपालीमा स्नातकोत्तर गरेकी छन्। आफ्नो स्तरअनुसारको काम पाइन्छ कि भनेर फारम भरेको उनको भनाइ छ। ‘नेपालीमा डिग्री पास गरेको हो’, उनले भनिन्, ‘तर, जागिर पाउनै गाह्रो भयो।’ फेमाकै वडाका अन्य दुई जना डिग्री पासले पनि फारम भरेका छन्।

उपमहानगरका रोजगार संयोजक अरवीन्द्र पाण्डेले मानविकी र शिक्षा संकाय पढेकाहरूले फारम भरेको बताए। ‘फारम भर्नेमा एमए र एमएड गरेकाहरू छन्’, उनले भने, ‘केही अंग्रेजी र अलिक बढी नेपाली विषय लिएकाहरू छन्।’

तिलोत्तमा नगरपालिकामा पनि शिक्षित बेरोजगार देखिएका छन्। ९ सयजति फारम संकलन भएकामा उच्च शिक्षा पढेकाहरूका भेटिएका छन्। १० देखि १५ जनासम्म स्नातकोत्तर गरेकाले फारम भरेको तिलोत्तमाका रोजगार संयोजक देवेन्द्र ज्ञवालीले बताए। ‘केही डिग्री गरेका हुनुहुन्छ, अलिक बढी स्नातक गरेका छन्। १२ कक्षा उत्तीर्ण धेरै हुनुहुन्छ’, उनले भने, ‘शिक्षक लाइसेन्स भएका, नर्सिङ पढेका, विभिन्न सेक्टरमा काम गरेकाहरूले पनि फारम भरेका छन्।’

चैतसम्म फारम भर्ने म्याद तोकिएकामा वैशाखसम्म थप भएको छ। फारमसँग नागरिकताको प्रतिलिपि, फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम वा अनुभवको प्रमाणपत्र बुझाउनुपर्छ।

फारम भर्न झन्झट

बेरोजगार फारम भर्न स्थायी ठेगाना भएकै ठाउँमा पुग्नुपर्ने हुँदा केही झन्झट छ। बुटवलमै घर बनाएर बसोबास गरेकामध्ये केहीको नागरिकतामा स्थायी ठेगाना अन्य जिल्लामा छ। बसाइसराइ दर्ता नगरेका कारण उपमहानगरस्थित रोजगार संयोजकको कार्यालयमा फारम रुजु गरिएको छैन। रुजु नभएका फारम वडा कार्यालयमा फिर्ता पठाइएको छ।

बुटवल–११ मा सबैभन्दा बढी बेरोजगार फारम फिर्ता भएको छ। २ सय ६३ फारम संकलन भएकामा ९५ वटा मात्र रुजु भएको छ। १ वटा ६८ वटा प्रक्रिया नपुगेको भन्दै वडामै फिर्ता पठाइएको छ। यही वडामा धेरै जनसंख्या छ। घर बनाएर बुटवलमै बस्ने तर मतदान गर्न आफ्नै गाउँठाउँमा जानेको संख्या धेरै रहेको वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले बताए।

‘घर बनाएरै बसोबास गर्नुभएको छ तर बसाइसराइ दर्ता गर्नुभएको छैन। मतदाता नामावली पुरानै घरतिर रहेछ’, उनले भने, ‘त्यस्तो संख्या वडामा २५ प्रतिशतको हाराहारीमा होला।’ त्यसको प्रभाव बेरोजगार फारममा पनि देखिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.