खुलेन सातदोबाटो–चापागाउँ सडक

खुलेन सातदोबाटो–चापागाउँ सडक

ललितपुर : सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै एक सातादेखि सातदोबाटो–चापागाउँ सडक खण्ड अवरुद्ध छ। बुधबार यो खण्ड साविककै क्षेत्रफलमा कालोपत्रे गर्ने सहमति पनि भयो। सहमति भएको घण्टा नबित्दै स्थानीयले पुनः सडक अवरुद्ध गरेका छन्।

महानगरीय वृत्त चापागाउँका डीएसपी राजकुमार खीउजुका अनुसार खुलेको केहीबेरमा स्थानीय पुनः सडकमा उत्रिएर विरोध जनाएका कारण सडक अवरुद्ध भएको हो। स्थानीयको प्रदर्शनका कारण सवारी साधान नचल्दा यात्रुले सास्ती भोगिरहेका छन्। विद्यालय तथा कलेजका बसलाई आउजाउमा अवरोध पुर्‍याइएको छ।

एक सातादेखि चलेको आन्दोलन अन्त्य गर्न सडक विस्तार नगरी यथावतरुपमा कालोपत्रे गर्ने सहमति बुधबार भएको थियो। ०७१ सालमा टेण्डर भए पनि यो सडक अझै बनेको छैन। पानी परेपछि हिलो र अरु बेला बुङबुङती धुलो उड्ने गर्दछ। खाल्डाखुल्डी युक्त सडकका कारण दर्जनांै दुर्घटना भइसकेका छन्।

‘तत्काल यथास्थितिमा सडक कालोपत्रे गर्ने निर्णय भएको छ’, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘सडक विस्तार गर्नुपर्ने अवस्था रहेपनि अहिलेकै अवस्थामा कालोपत्रे गर्न सहमति भएको हो। छिटो काम सम्पन्न गर्ने निर्णय भएको छ।’ सहमतिपछि पनि सडक अवरुद्ध कायमै रहेकोमा उनले चिन्ता व्यक्त गरे।

एक सातादेखि सडक अवरुद्ध गरी आन्दोलनमा बसे पनि माग सुनुवाइ नभएपछि मंगलबार चाकुपाटस्थित सडक विभागको कार्यालयमा जुलुससहित स्थानीय पुगेका थिए। उनीहरूले सडक विभागमा ‘धुँवाधुलो अति भो, ठेक्का भाको कति भो ? ’ भन्दै नारावाजी गरेका थिए। सडक मर्मतको जिम्मा लिएका ठेकेदार कम्पनीले भने सडक विस्तार गर्नुपूर्व सडक वरपरका संरचना हटाउनुपर्ने माग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.