किताबको मूल्य तिरेनन् विद्यालयले

किताबको मूल्य तिरेनन् विद्यालयले

दुनै,डोल्पा : चैत्रमै बालबालिकाको हातहातमा पुगेका किताबको मूल्य विद्यालयले हालसम्म पनि भुक्तानी गरेका छैनन्। जगदुल्ला गाउँपालिकाका विद्यालयले स्थानीय बिक्रेतालाई किताबको मूल्य तिर्न आनाकानी गरेका छन्। 

गाउँपालिकामा रहेका ९ वटा विद्यालयमध्ये ६ वटा विद्यालयले दुई महिना बितिसक्दा समेत भुक्तानी गर्न नमानेपछि आफू मारमा परेको स्थानीय बिक्रेता साजन स्टेश्नरीका श्रवणकुमार रोकायाले दुखेसो पोखे। 

जगदुल्ला गाउँपालिकाका ९ वटा विद्यालयका १ हजार १ सय २० विद्यार्थीका लागि ढुवानीको जिम्मा पाएको साजन स्टेशनरीले समयमा किताब दिएपनि विद्यालयले किताबको मूल्य भुक्तानीमा आलटान गरेर ६ लाखभन्दा बढी रकम रोकिएको रोकायाले बताए। 

गाउँपालिकाले किताबको रकम फागुनमा नै विद्यालयको खातामा पठाइसकेको छ। अब विद्यालयबाट स्थानीय बिक्रेताले नै लैजानुपर्ने गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए। उनले भने,' के कति कारण विद्यालयले भुक्तानी गर्न मानेका छैनन्, समयमा भुक्तानीका लागि विद्यालयसँग छलफल गरिएको बताए। 

याता केही विद्यालयले भने स्थानीय बिक्रेताले फागुनमा ल्याउनुपर्ने किताब चैत्रको अन्तिमसम्म पुर्‍याएकाले केही दिन भुक्तानीमा ढिलाइ भएको बताए छन्।जनक शिक्षा सामाग्रीले दिने ढुवानी समेत नपाएको गुनासो श्रवणकुमार रोकायाले गरेका छन्।जनक शिक्षाबाट पाउने ढुवानी भने जिल्लाका सबै स्थानीय बिक्रेताले नपाएकाले केही दिनमा पाउने रोकायाले बताए। 

सँगैका त्रिपूरा मावि,भगवति मावि र ज्ञानोदय आधारभुत विद्यालयले भुक्तानी गरिसकेको र अन्य ६ वटा विद्यालयले बारम्बार  अनुरोध गर्दा समेत नदिएको रोकायाको गुनासो छ।पहिलेका वर्षका तुलनामा यस वर्ष डोल्पाका बालबालिकाले चैत्रमा नै नयाँ पाठ्यपुस्तक पाएका थिए। स्थानीय सरकारका जनप्रतनिधिले ताकेता गरेर समयमा किताब विद्यालयमा पुगेको गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.