पाँचथर नरसंहार : नौ जनाको सामूहिक अन्त्येष्टि

पाँचथर नरसंहार : नौ जनाको सामूहिक अन्त्येष्टि

फिदिम : सेतो कपडाले छोपिएका शवहरु गाडिबाट एकपछि अर्को निकाल्दै गर्दा सबैका आँखा रसाए। मान्छेको भीड बाक्लो थियो। कसैको बोली थिएन। केवल चित्कार मात्रै थियो। सबैको अनुहार मलिन देखिन्थ्यो। मृतकका आफन्तको रोदनले सबैलाई भावुक बनाएको थियो। अधिकांशले मुख छोपेका थिए। 

यो दृश्य पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटेमा भएको कारुणीक नरसंहारको सिकार बनेका नौजना मृतकको अन्त्येष्टिको हो। हत्याको सिकार  बनेका नौ जनाको बिहीबार सामूहिक रुपमा अन्त्येष्टि गरिएको हो। 

दुई चितामा नौ जनालाई एकसाथ जलाउनुपर्दा सबैका आँखा रसाएका थिए। अघिल्लो दिनसम्मसँगै हाँसखेल गरेका छिमेकीको हत्या भएपछि गाउँ शोकमा छ। अन्त्येष्टिमा सभागीले मृतकको गुणगान गाँउदै आँसु झारे। 

फिपधोज फियाकले सोमबार दिउँसो बमहादुरसँगसँगै बजार भरेका थिए। आरुबोटे ३ को बाङ्गे टेक्रे बजारमा बमबहादुरले एक किलो मासु किनेका थिए। ‘उनले मासु किनेपछि हामी गफ गर्दै घर फर्किएका थियौँ,’ फिपधोजले बमबहादुरले स्मरण गर्दै भने, ‘छुट्टीले बेलामा मासु पोलेर खाँउ भनेर रमाइलो गरेको थिएँ। उनले आउँदो सोमबार मासु खरिद गरेर पोलेर खाने भन्दै घर गएका थिए।’ आँउदो सोमबार पोलेर मासु खाने सल्लाह गरेर छुटेका बमबहादुरको रातिनै हत्या भएको थियो। त्यो घटनाले उनीसँग मिल्ने गाँउका छिमेकी अन्त्येष्टिमा भावुक देखिए।

बमबहादुर फियाकको घरमा मारिएका चार जनाएको अन्त्येष्टि मिक्लाजुङ ३ आरुबोटेको च्यानडाँडामा गरिएको हो। च्यानडाँडामा बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया, कान्छी छोरी मनकुमारी र नातिनी आसिका खजुमको अन्त्येष्टि गरिएको हो। बमबहादुरकी जेठी छोरी दिलमाया फियाक तुम्सा र साहिली छोरी बुद्धमाया फियाक खजुमले दागबत्ती दिए। 

बमबहादुरका ज्वाइँ धनराज शेर्माको घरमा मारिएका पाँच जनालाई मिक्लाजुङ २ सराङडाँडामा सामूहिक रुपमा अन्त्येष्टि गरिएको छ। यहाँ धनराजसहित उनकी श्रीमती जस्मिता, छोरी युहाना र मुना शेर्मा र भतिजी इक्सा शेर्माको अन्त्येष्टि गरिएको हो। नौ जनालाई दुई चितामा सामूहिक रुपमा अन्त्येष्टि गर्नुपर्दा मृतकका आफन्तहरु निकै बिह्ल देखिन्थे। 

‘एउटै चितामा छिमेकीलाई जलाउनुपर्दा मन थामिएको छैन’, स्थानीय जीवनकुमार फियाकले भने, ‘गाउँमा बस्ने डरमर्दो भएको छ। गाउँका सबै मान्छे आतंकित भएका छन्।’ हत्यामा संम्लग्न भनिएका मानबहादुर माखिमको धरानमै अन्त्येष्टि गरिएको थियो। 

नौ जनाको हत्या गरी माखिमले आत्महत्या गरेको प्रहरीको भनाइ छ। माखिमलाई मिक्लाजुङ ८ को लुङमाङदिन भन्ने स्थानमा झुण्डिएको अवस्थामा भेटिएको थियो।  

मृतकको अन्त्येष्टि भइरहेको स्थानमा खटिएका पाँचथरका प्रहरी नायब उपरीक्ष नरेन्द्र कुँवरले हत्याकाण्डको विषयमा प्रहरीले गहन रुपमा अनुसन्धान अघि बढाएको बताए। ‘प्रहरीले अनुसन्धानलाई गहन रुपमा अगाडि बढाएको छ,’ कुँवरले भने ‘अहिलेसम्मको प्राप्त प्रमाणलाई हेर्दा बमबहादुरका कान्छा ज्वाइँले नै हत्याकाण्ड मच्चाएको देखिन्छ।’

प्रहरीले माखिमलाई हत्याको सम्पूर्ण दोष लगाए पनि स्थानीयले हत्यामा अरु पनि संलग्न हुनसक्ने अनुमान गरेका छन्। प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान गर्न नसकेको स्थानीयको आरोप छ। 

बिह्ल अवस्थामा रहेका दिलमाया र बुद्धमाया सम्हाल्दै साथानीय। तस्बिर : भीमकुमार बाँस्कोटा। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.