ट्रिपर दुर्घटनामा चालकको मृत्यु, सहचालक बेपत्ता
गोरखा : गोरखाको सिरानचोक गाउँपालिका -७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको ट्रिपर गोरखा–वारपाक सडकबाट करिब ४ सय मिटर तल दरौंदी नदीमा खसेको थियो ।
स्तरोन्नतिका क्रममा रहेको सो सडकको भित्तातिर अव्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताए ।