मेडिकलबाट लागुऔषध बरामद, सञ्चालक समातिए

मेडिकलबाट लागुऔषध बरामद, सञ्चालक समातिए

इटहरी : लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले इटहरी–२ मा रहेको दुर्गा मेडिकल हलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

साथै मेडिकल सञ्चालक समेत रहेका हेल्थ असिस्टेन्टलाई पक्राउ गरेको छ । प्रहरीले मेडिकलका सञ्चालक देवानगञ्ज–७ का विकास थानदारलाई पनि पक्राउ गरेको हो ।

प्रहरी टोलीले तीन हजार पिस नाइट्रोभेट, १९६ एम्फुल फेनार्गन, १९९ एम्फुल लुप्रिबेसिस र १९३ एम्फुल डाइजोल्याम्प बरामद गरेको बताएको छ । बरामद भएका सबै सामान प्रतिबन्धित लागुऔषध भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका थानदारलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.