१५ वर्षीया किशोरी हत्याका मुख्य आरोपी पक्राउ

१५ वर्षीया किशोरी हत्याका मुख्य आरोपी पक्राउ

फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिका- ४ कात्तिकेकी १५ वर्षीया किशोरी सीतल योङ्हाङको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न पाँचथरकै फाल्गुनन्द गाउँपालिका-२ पात्लेभञ्ज्याङका पदम तामाङलाई आइतबर दिउँसो झापाको दमकबाट प्रहरीले पक्राउ गरेको हो। 

'किशोरीको हत्याका मुख्य आरोपीलाई पक्राउ गरिएको छ,' पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले भने, 'थप सोधपुछ गर्न बाँकी छ।' हत्या भएको २० दिनपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो। किशोरीको हत्या गर्न तामाङलाई सहयोग गर्ने अर्का एक युवकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। पात्लेभञ्ज्याङकै भगिरथ बाँस्तोलालाई हत्या भएको भोलिपल्ट फिदिमबाट प्रहरीले पक्राउ गरेको थियो।

हिलिहाङ गाउँपालिकाको सिद्ध मावि पञ्चमीमा कक्षा १० मा अध्ययनरत सीतलको वैशाख २९ गते बेलुका विद्यालय छुट्टी पछि हत्या भएको थियो।

धारिलो हतियारले घाँटी रेटेर सीतलको हत्या भएको थियो। तामाङलाई हत्या गर्न सहयोग गर्ने बाँस्तोलालाई पक्राउ गरेपछि आफूहरुले नै सीतलको हत्या गरेको स्वीकार गरेका थिए।

प्रहरीका अनुसार प्रेम सम्बन्धमा खटपट भएपछि पूर्व प्रेमी तामाङले सीतलको घाँटी रेटेर हत्या गरेको हो। पक्राउ परेका बास्तोलाको बयानका आधारमा पूर्व प्रेमी तामाङकै योजनामा सीतलको हत्या भएको खुल्नमा आएको हो।

प्रहरीसँगको बयानमा बाँस्तोलाले सीतलको पूर्व प्रेमी पदम तामाङसँग मिलेर आफूहरुले नै हत्या गरेको स्वीकारेका थिए। हत्याका मुख्य आरोपित फरार भएपछि प्रहरीले खोजि कार्यलाई तीव्रता दिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.