सप्तरीमा हावाहुरीले २० घरमा क्षति

सप्तरीमा हावाहुरीले २० घरमा क्षति

राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिका, राजगढ र बलान बिहुल गाउँपालिकामा गएराति आएको हावाहुरीले २० जनाको घर र कुखरा फर्ममा क्षति पुर्‍याएको छ।

हावाहुरीले घर र कुखुरा फर्मको छाना उडाउँदा १० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ।

बलान बिहुल गाउँपालिका ३ स्थित राजनप्रसाद साह र रामकुमार साहको कुखुरा फर्मको जस्ताको छानो उडाउँदा राजनको दुई सय र रामकुमारको १५० वटा कुखुराका चल्ला मरेको एसपी मनोज यादवले बताए। यस्तै बलान बिहुल ३ दुधैलास्थित मन्दिरको छानो समेत हावाले उडाएको छ।

बलान बिहुल गाउँपालिका १ झुटकीका रामखेलावन यादव, बलराम यादव, वडा नम्बर ३ का सुतिहार शर्मा, श्यामसुन्दर शर्मा, नन्द झा, अशोक मण्डल, शिवन मण्डल र इन्द्रदेव मण्डलको घरको जस्ता र एलबेस्टरको छानो उडाएर क्षति पुर्‍याएको छ।

एसपी यादवका अनुसार हावाहुरीले डाकनेश्वरी नगरापालिका ५ का राजवंशी सदा, मो. ईद्रिस मिया, वडा नम्बर ६ का अजय पण्डित र शत्रुघ्न मण्डल तथा राजगढ गाउँपालिका २ का उमेशकुमार यादव, वीरेन्द्र यादव, बलराम यादव र घुरन यादवको घरको छानो उडाएर क्षति पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.