बालुवाटार जग्गाबारे सरकारले तीन कोणबाट अनुसन्धान थालेको छ : मन्त्री अर्याल

बालुवाटार जग्गाबारे सरकारले तीन कोणबाट अनुसन्धान थालेको छ : मन्त्री अर्याल

फिदिम : बालुवाटारलगायत सरकारी जग्गा व्यक्तिको नाममा बिक्री भएको विषयमा सरकारले गम्भीर रुपमा अनुसन्धान गरिरहेको भूमी व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बताएकी छन्।

पाँचथर सदरमुकाम फिदिममा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्यालले बालुवाटारको जग्गाको विषयमा सरकारले तीन कोणबाट अनुसन्धान सुरु गरेको बताएकी हुन्। 'सरकारी जग्गा फिर्ता गर्ने विषयमा सरकार लागि परेको छ,' अर्यालले भनिन्, 'शक्तिशाली आयोग गठन गरेर जग्गाको विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउँछ।'

फिदिममा निर्मित नमूना मालपोत कार्यालय उद्घाटन गर्न फिदिम आएपुगेकी अर्यालले भ्रष्टाचार न्युनिकरण गर्नका लागि सरकारी कार्यालय सञ्चालनमा प्रविधिको प्रयोग सुरु गरिएको बताइन्। 'अबको डेढ वर्षपछि मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचारको अन्त्य गर्ने गरी सरकारले काम थालेको छ,'अर्यालले भनिन् 'भ्रष्टाचारको अन्त्य गर्न प्रविधिको विकास गरिएको हो।'

पत्रकारसँग कुरा गर्दै अर्यालले सहकारीमार्फत उत्पादन वृद्धि गर्ने र आयातलाई पूर्ण रुपमा रोक्ने सरकारको नीति रहेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.