सात बोरा मदिरा बोकेर भारत जाँदैगरेका ६ जना पक्राउ
राजविराज : अवैध मदिरासहितका सातवटा बोरा पिठ्यूँमा बोकेर भारत लैजाँदै गरेका ६ जना भरिया पक्राउ परेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरबाट सप्तरी प्रहरीले सातवटा बोरामा रहेको १६ कार्टुन अवैध मदिरासहित ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको १६ कार्टुन दिलबाले, कस्तुरी र मामाश्री नामक मदिरा बरामद गरेको छ । साथै मदिरा ओसार्ने व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि आइतबार नै तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालय बुझाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !