भारतबाट लागुऔषध ल्याउँदैगरेका युवक पक्राउ

भारतबाट लागुऔषध ल्याउँदैगरेका युवक पक्राउ

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरमा भारतबाट नेपालतर्फ आउँदै गरेका सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने २५ वर्षीय श्रवण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सखडाको गस्ती टोलीले यादव सवार अन टेस्ट लेखिएको मोटरसाइकल चेकजाँच गर्दा एक सय मिलिलिटरको एक सय एउटा डाइलेक्स डिसी नामक लागुऔषध बरामद गरिएको प्रहरी उपरीक्षक मनोज यादवले बताए । पक्राउ परेका यादवलाई लागुऔषध ओसारपसारमा कारवाही थालिएको प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.