राजपाले बनायो नयाँ विधान, अब एकल अध्यक्षीय प्रणाली

राजपाले बनायो नयाँ विधान, अब एकल अध्यक्षीय प्रणाली

काठमाडौं : राजपा नेपालले १७१ सदस्यीय जम्बो केन्द्रीय समिति बनाउने भएको छ। उसले यसअघि एकल अध्यक्षीय प्रणालीमा जाने निर्णय गरिसकेको छ। राजपा अध्यक्षमण्डलको मंगलबार बस्ने बैठकमा नयाँ विधान पेश हुने कार्यक्रम छ। नयाँ विधानमा १ अध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ सहमहासचिव, १ कोषध्यक्ष, १ सहकोषाध्यक्ष, ३ प्रवक्ता तथा आवश्यकता अनुसार वरिष्ठ नेतासहित १ सय ७१ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ।

दुई वर्षअघि तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ वटा पार्टी एकीकरण भइ राजपा नेपाल गठन भएको हो। राजपा अहिले अध्यक्षमण्डलको चक्रिया प्रणालीबाट चलिरहेको छ।

राजपाले पार्टी विधान बनाउन लक्ष्मणलाल कर्णको संयोकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति बनाएको थियो। समितिले अध्यक्षमण्डल र सरोकारवालासँग छलफल गरी नयाँ विधान बनाएको हो। विधान कमिटीका संयोजक कर्णले आफ्नो नेतृत्वको समितिले अध्यक्षमण्डललाई विधान हस्तान्तरण गरिसकेको जानकारी दिए। विधानअनुसार महाधिवेशनबाट ७० प्रतिशत सदस्य निर्वाचित गर्नेछ भने ३० प्रतिशत सदस्य अध्यक्षले मनोनीत गर्नेछन्।

केन्द्रदेखि वडा तहसम्मको संरचना परिकल्पना गरेको नयाँ विधानले प्रदेश समिति बढीमा ७१ सदस्यीय रहने उल्लेख छ। प्रदेश समितिमा पनि १ अध्यक्ष, ७ उपाध्यक्ष, २ प्रदेश महासचिव, ३ प्रदेशसचिव, १ प्रदेश कोषध्यक्ष र १ प्रदेश प्रवक्तासहित ७१ सदस्यीय कार्यसमिति रहने छ। प्रदेशमा पनि ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनीत सदस्य रहने व्यवस्था गरिएको छ।

एक वर्षयता पटक पटक महाधिवेशनको मिति तय गर्दै सार्दै आएको राजपाले कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ। सदस्यविरतण अभियानलाई जेठ मसान्तसम्म टुंग्याउन केन्द्रबाट सकुर्लर जारी गरिएको महासचिव केशव झाले जानकारी दिए।

विधान मस्यौदा समितिले बनाएको विधानलाई अध्यक्षमण्डलले स्वीकृत गरी महाधिवेशनमा पेश गर्नुपर्ने छ। महाधिवेशनले पारित गरेपछि यो विधान लागू हुनेछ। विधान मस्यौदा समितिले विधानको प्रस्तावनामा अहिलेको सात प्रदेशको संरचनालाई अस्वीकार गर्दै तत्कालीन राज्यपुनर्संरचना आयोगले सिफारिस गरेको ११ प्रदेशको खाका लागू गराउन संघर्ष जारी राख्नु पर्ने उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.