विश्व वातावरण दिवसमा वृक्षरोपण र बिरुवा वितरण

विश्व वातावरण दिवसमा वृक्षरोपण र बिरुवा वितरण

सिन्धुली : ४७औं विश्व वातावरण दिवसको अवसरमा सिन्धुलीको सनुकोसी गाउँपालिकाले वृक्षरोपण र सरसफाई गरी सवारी साधनमा सरसफाई स्टिकर टाँसेको छ ।

गाउँपालिकाको सुख्खा क्षेत्रलाई हराभरा बनाउँदै आयआर्जन समेत गर्ने उद्देश्यले सुनकोसी गाउँपालिकामा एक घर एक वृक्षरोपणका लागि ७ हजार विभिन्न जातका फलफूलका बिरुवा रोपिएको हो ।

प्रदेश नम्बर ३ का सांसद राजन दाहालले बुधबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका ६ हजार ९ सय घरधुरीलाई न्युनतम एक फलफूलका बिरुवा वितरण गरेका हुन् ।

यस्तै एक सय बढी फलफूलका विरुवाहरु गाउँपालिका क्षेत्र तथा अन्य सार्वजनिक कार्यालयको क्षेत्रमा वृक्षारोपण गरिएको गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् ।

आँप, लिची, कटहर, सिनकौली, अम्बा, कागती, धुपी लगायत विभिन्न एक दर्जनबढी जातका फलफूल लगायत विरुवा वितरण तथा वृक्षारोपण गरिएको उनले बताइन् ।
यस्तै पूर्वाबाट काठमाडौं भित्रने र बाहिरिने सवारी साधनका कारण राजमार्गमा अत्याधिक फोहोर बढेको भन्दै गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सबै सवारी साधनबाट निस्कने फोहोरलाई अनिवार्य डस्टवीनमा हाल्न र सरसफाईमा ध्यान दिन भन्दै सयौं सवारी साधनमा सरसफाई सम्बन्धी स्टीकर टाँसेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिकाले एक हजार भन्दा बढी सावरी साधनमा सूचनामुलक स्टीकर टाँसेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.