चट्याङबाट एकै ठाउँमा ३८ वटा भेडाबाख्रा मरे
सुर्खेत : जुम्लाको हिमा गाउँपालिका—३ मोफ्ला लेकमा चट्याङ पर्दा ३८ वटा भेडाबाख्रा मरेका छन् ।
हिमा—३ का पाँचजना किसानले लेकमा एकीकृत रुपमा भेडाबाख्रा पालेको खोरमै बिहीबार चट्याङ परेको हो । यस क्रममा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको किसानहरुले दाबी गरेका छन् । चार घण्टाको पैदलयात्रापछि मात्रै घटनास्थलमा पुगिन्छ ।
किसान कृष्णबहादुर रोकाया भने घटनापछि आम्दानीको स्रोत डुबेको भन्दै चिन्तामा छन् । अब सन्तानको पढाइ खर्च जुटाउन मुस्किल पर्नसक्ने उनको दुखेसो छ । कालिकाखेतु प्रहरी चौकीले मुचुल्का उठाइ राहतका लागि सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस !