महिनावारी हुँदा स्कुल जाँदैनन् किशोरी

महिनावारी हुँदा स्कुल जाँदैनन् किशोरी

सुर्खेत : पातारासी गाउँपालिका गंगा माविमा १० कक्षामा अध्ययरत छात्रा सर्मिला महिनामा तीन दिनजति विद्यालय जाँदिनन्। महिनावारी भएको बेला तीन दिन पढाई छोडेर घरमै बस्छिन्। सोही कक्षामा अध्ययनरत छात्रा कल्पना बुढाको पनि समस्या उस्तै छ। तीनदिनसम्म त घरभित्र पनि पस्न नपाउने कल्पना बताउँछिन्।

यो विद्यालयमा अध्ययनरत महिनावारी हुने उमेरका एकसय बढी किशोरीहरु महिनावारीको पहिलो तीन दिनभित्र घरमै बसेर अध्ययन गर्छन्। कतिपय गह्रौ काममासमेत जाने गर्छन्। विद्यालय जाने मन हुँदा पनि खानेपानी र सौचालयको अवस्था राम्रो नहुँदा महिनावारीको समयमा घरमै बस्ने गरेको कल्पनाले बताइन्। ‘छिन–छिनमा सरसफाइ गर्नुपर्ने र प्याड फेर्नुपर्छ’ छात्रा सरिता बुढाले भनिन्, ‘न त स्कुलमा प्याड नै पाइन्छ, न पानी र सौचालय नै छन्। धेरैजसोत त आधा पढ्दापढ्दै घर फर्किनुपर्छ।’

उनका अनुसार छात्राहरु विद्यालयमा महिनावारी हुँदा दिउसै आधा पढाई छोडेर घर जानुपर्ने बाध्यता छ। महिनावारीकै कारण गंगा मावि पेरेका अधिकांश छात्राहरुले विद्यालय अवधिभर वर्षमा कम्तिमा पनि २५ दिन पढाई छुटाउँछन्। खानेपानी समस्याकै कारण विद्यालयको छात्र, छात्रामैत्री सौचालय समेत प्रयोगमा छैन। विद्यालयको भौतिक संरचना निर्माणदेखि खानेपानी तथा सरसफाई व्यवस्थापन गर्न सम्बन्धित निकायमा पहल भइरहेको प्रधानाध्यापक गोर्ख बुढाले बताए।

जिल्लाका अधिकांश दुर्गम क्षेत्रका विद्यालय र विद्यार्थीको हालत यस्तै छ। पातारासी गाउँपालिकाकै सरस्वति मावि तल्फिका कतिपय महिनावारी हुने छात्राहरु पुनः विद्यालयनै फर्किदैनन्। महिनावारी हुँदा घर बसेका छात्राहरु विद्यालय पढ्ने उमेरमै बिहे गर्ने भएका कारण उनिहरु विद्यालय आँउदैनन्। प्रधानाध्यापक बासुदेव शाहकाअनुसार कक्षा नर्सरीदेखि १० सम्म भर्ना भएका विद्यार्थीको अनुपातमा हरेक वर्ष १० प्रतिशत विद्यार्थी विद्यालय छोड्छन्। विद्यालय, व्यवस्थापन समिति, अभिभावक र स्थानीय सरकारको लापारबाहीका कारण विद्यार्थीले यस्तो समस्या भोग्नु परेको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले दाबी गरे।

       महिनावारीकै कारण किशोरीहरुले वर्षेनी पढाई छाड्ने गरेको विद्यालय स्रोत व्यक्ति टिकाराज न्यौपानेले बताए। पातारासी गाउँपालिका उपाअध्यक्ष पुन्नकलि महताराले यस बिषयलाई पालिकाले गम्भीर रुपमा लिएको बताइन्। ‘हरेक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरी महिनावारी हुदाँ विद्यालयमै आउने वातावरण मिलाइने छ’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.