सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु

सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु

सुर्खेत : टिपरको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दबहादुर गेलाङको मृत्यु भएको हो ।

मृतक नन्दबहादुर पेशागत रुपमा पत्रकार थिए । उनी सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक तथा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव थिए ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँका अनुसार छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि टिपर चालक फरार रहेको प्रहरी निरीक्षक चौलागाईँले बताए । प्रहरीले चालकको खोजी गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.