बिस्कुट दिएर पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने १३ वर्षे पक्राउ
राजविराज : बिस्कुट खान दिएर फकाउँदै ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
ललाइ फकाइ बिस्कुट खान दिइ आफ्नै कोठामा लगेर गत शनिबार ती बालकले बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले बालकलाई पक्राउ गरेको हो ।
बालिकाले तीन दिनदेखि खाना खान नमान्ने र पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारार्थ गत सोमबार नजिकैको कञ्चनरुप नगरपालिका ठेलियास्थित धर्मेश्वर अस्पताल लगेकी थिइन् ।
अस्पतालका चिकित्सकहरुले पेट दुखेको कारण पत्ता लगाउन नसक्दा शंका मानी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न लगाउँदा बलात्कारको सम्भावना देखिएको भनेपछि प्रहरीलाई खबर गरेका थिए ।
अस्पताल प्रशासनले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडित र आरोपित दुबैको प्रारम्भिक वयान लिएको र पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गराएको बताए । उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिए । कोठामा खेलिरहेकी बालिकालाई बिस्कुट खान दिइ जबर्जस्ती करणी गरेको कुरा बालकले रुँदै स्वीकारेका छन् ।
प्रतिक्रिया दिनुहोस !