गुठी विधेयकको विरोध : मशाल जुलुस नगर्न ललितपुर प्रशासनको आग्रह

गुठी विधेयकको विरोध : मशाल जुलुस नगर्न ललितपुर प्रशासनको आग्रह

ललितपुर : गुठी विधेयकको विरोधमा शुक्रबार साँझ मसाल जुलुस निस्किने भएको छ। पाटन दरबार क्षेत्रमा साँझ साढे ६ बजे मसाल जुलुस हुने रवीन्द्र ताम्राकारले जानकारी दिए। मसाल जुलुस आधा घण्टामा सकिने ताम्राकारले बताए। 

ताम्राकारका अनुसार मसाल जुलुस पाटन मंगलबजारबाट सुरु भएर गाभाहल, असोक हल, पाटनढोका हुँदै पुन मंगलबजार  पुगेर टुंगिने छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आन्दोलनका अन्य विकल्प हुँदाहुँदै मसाल विकल्प नभएको बताएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीले चित्त नबुझेको कुरा राख्न पाइने एवम् असहमति जनाउने अन्य उपाय हुँदाहुँदै मसाल जुलुस गर्नु राम्रो नभएको बताए। 

जोशीले भने, ‘संवेदनशील क्षेत्रमा अराजक तरिकाले आन्दोलन गर्दा धनजनको क्षति  हुन सक्छ।’ यस्ता खालका क्रियाकलापले नयाँ पिंढीलाई पनि नकारात्मक शिक्षा दिनसक्ने बताए। उनले शान्तिपूर्ण विरोध गर्न आग्रह गरे। 

पाटनका अर्का गुठी संरक्षरका अभियन्ता न्युच्छे महर्जनले सरकारले गम्भीर भएर नसोच्दा जनताले आगो बालेर हिड्नुपर्ने अवस्था आएको बताए। ‘जति नै कराए पनि सरकारले नसुन्ने प्रवृत्तिको विकास भएको छ’ महर्जनले भने, ‘आगो भनेकै खतराको संकेत हो, सरकारले बुझनुपर्छ।’ 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.