वीरगन्जबाट चरेशसहित दुई पक्राउ

वीरगन्जबाट चरेशसहित दुई पक्राउ

वीरगन्ज : प्रहरीले वीरगन्जबाट चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियाज आलम र बाराको सितलपुर घरभई हाल वीरगन्ज २ छप्कैयामा डेरा गरी बस्ने ३२ वर्षीया मिना खातुन रहेका छन्।
 
वीरगन्जको घण्टाघरबाट भारतको रक्सौलतर्फ बिआर २२ एल ८२५५ नम्बरको भारतीय मोटरसाइकलमा चढेर जाँदै गरेको अवस्थामा आलम र खातुनलाई प्रहरीले पाँच केजी चरेशसहित पक्राउ गरेको हो।

प्रहरी चौकी इनर्वा र लागुऔषध व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा चरेशसहित दुवैजनालाई पक्राउ गरेको हो।

मोटरसाइकल र चरेशसहित पक्राउ परेका आलम र खातुनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.