ब्रोकर मोडलमा रसुवागढी भन्सार
नुवाकोट : नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी भन्सार कार्यालयमा आधुनिक प्रणालीको सुरुवात गरिएको छ। काठमाडौंदेखि नजिकको भन्सारले ब्रोकर मोडल सञ्चालनमा ल्याएको छ।
सिस्टम सञ्चालनमा आएपछि भन्सार जाँचपास प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुरूप बनाइको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। आसिकुडा वल्र्ड सिस्टम पूर्ण कार्यान्वयनमा ल्याएसंगै काममा पारदर्शीता, उत्तरदायित्व तथा सरलता आएको भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए।
यसवाट काठमाडौंदेखि १ सय ५२ किलोमिटर दुरीको रसुवागढी नजिक रहेको भन्सारमा सामान आयातकर्ता, प्रतिनिधि वा भन्सार एजेन्टले ब्रोकर मोडलबाट मालवस्तुको घोषणा गर्ने छन्। यसका लागि कार्यालयलाई एजेन्टलाई युजर नेम र पासवर्ड उपलब्ध गराउँछ।
भन्सारमा कारोबारलाई पारदर्शी बनाउनका लागि आसिकुडा वल्र्ड सिस्टमको ब्रोकर मोडल सञ्चालनमा ल्याएको हो। यसका लागि पहिलो एजेन्टको रूपमा सापकोटा प्रोभिजनल एण्ड फर्वाडिङका माधवनाथ सापकोटा र किशोर भट्टले अनुमति पाएका छन्।
प्रतिक्रिया दिनुहोस !